केही दिनदेखियता विदेशी संचार माध्यमहरुले चीनका दुईवटा सम्मेलनबारे समाचार प्रकाशित गर्दै चीनका प्रधान मन्त्री वन च्या पाउको सरकारी कार्य-प्रतिवेदनलाई धेरै महत्व दिएका छन।
अमेरिकाको वाशिंगटन पोस्ट, न्यू-योर्क टाइम्स जस्ता संचार माध्यमहरुले श्री वन च्या पाउको सरकारी कार्य-प्रतिवेदनलाई उदृद्ध गर्दै भनेका छनः चीनको आर्थिक विकासको प्रथम कार्यभार गुणस्तर हो, गति होइन। अमेरिकी संचार माध्यमहरुले चीनले सरकारी अंगको सुधारलाई गहन पार्ने समाचार सार्वजनिक गर्दै यसबाट चीन सरकारका विभिन्न विभागबीचको समन्वयका लागि सहयोग मिल्ने धारणा व्यक्त गरेका छन। यसका साथै, यो कुरा ऊर्जा क्षेत्रका समस्याको समाधान गर्न सहयोग पनि मिल्नुका साथै वातावरण संरक्षणलाई सुदृढ गर्दे बैकिंक सुधारका लागि हितकर रहनेछ।
बेलायतको फिनान्सिअल टाइम्सले जनाएअनुसार, श्री वन च्या पाउले अतिशय उच्च आर्थिक वृद्धिको समस्या चीनको सबैभन्दा ठूलो आर्थिक खतरा बनेको कुरामा जोड दिनुभएको छ। चीन सरकारले मूल्य वृद्धि र लगानीतर्फको उच्च वृद्धिलाई कडाइका साथ नियन्त्रण गर्नेछ।
|