china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनले समष्टिगत सामन्जस्यतालाई गहन पार्दै आर्थिक समाजको समन्वयात्मक विकासलाई घच्घच्याउने
    (GMT+08:00) 2008-03-06 18:29:46    
            नयाँ कार्यकालको चिनियाँ राष्ट्रिय जन-कांग्रेसको पहिलो वार्षिक पूर्ण बैठक अहिले पैचिंगमा शुरु भयो। सो सम्मेलनले विगत पाँच वर्षमा केन्द्रीय सरकारको कार्यको मूल्यांकन गर्नुका साथै आगामी दिनमा चीनको विकास–परियोजना निर्धारित गर्नेछ। समष्टिगत सामन्जस्यलाई गहन पार्दै चीनको आर्थिक समाजको समन्वयात्मक विकासलाई घच्घच्याउने विषयमा उक्त सम्मेलनमा सहभागी प्रतिनिधि र चीन सरकारका सम्बन्धित विभागको समान दृष्टिकोण बनेको छ।

            विगत पाँच वर्षभित्र चीनको गार्हस्थ उत्पादनमा सरदर गरी हरेक वर्षमा 10%ले वृद्धि भएको छ। सन् 2007को अन्तसम्म दुई लाख चालिस हजार युआनभन्दा बढीको कूल आर्थिक परिमाण पाइएको कारण चीन विश्वको चौथो स्थानमा परेको छ। केन्द्रीय बित्तीय आम्दानी झण्डै दुई गुणाले बढेको छ। शहर र गाउँका बासिन्दाहरुको आय पनि निकै वृद्धि भएको छ। चिनियाँ राष्ट्रिय जन-कांग्रेसका विभिन्न क्षेत्रका प्रतिनिधिहरुको आ-आफ्नो अनुभवबाट चीनको विकासका उपलव्धिहरुलाई प्रमाणित गरिएको छ। स छुआन प्रान्तका किसान प्रतिनिधि चो वान च्युनले भन्नुभयोः

           पाँच वर्षमा कृषि महसुल हटाउनु नै केन्द्रीय सरकारको महत्वपूर्ण नीति हो। यसबाट जन-साधारणको भारी हल्का भएको छ। पहिले ग्रामीण क्षेत्रका विपन्न परिवारका केटा-केटीहरुले विद्यालय भर्ना हुन गाह्रो परेको थियो। कृषि महसुल हटाइएपछि जोगाइएको पैसाले किसानका छोरा-छोरीले विद्यालयमा भर्ना हुनपाएका छन। किसानहरुको आम्दानीमा पनि पहिलेको तुलनामा केही वृद्धि भएको छ। यसबाट परिवारको अवस्थामा सुधार गर्न निकै राम्रो भूमिका निर्वाह गरिएको छ।

            हु नान प्रान्तका प्रतिनिधि ताए छाउ स्या भन्नुहुन्छः आम्दानी बढेकाले घर किन्ने आफ्नो सपना साकार भएको छ।

            अहिले म तीनवटा कोठा र दुईवटा बैठक भएको घरमा बसेकी छु, र यसको क्षेत्रफल एक सय वर्गमिटरभन्दा बढी छ। यो घर पहिलेको पुरानो घरभन्दा धेरै राम्रो छ। यी दुई वर्षमा हाम्रो कारखानाको उत्पादन राम्रो भएर फाइदा पनि बढेको छ। कारखानाको स्थापना भएको चालिस वर्षमा अहिलेको अवस्था सबैभन्दा राम्रो अवधिमा छ। मजदूरहरुको आम्दानी बढेर उनिहरु निकै लाभान्वित भएका छन। गत वर्ष मैले घर किनेको छु।

             आर्थिक समाजको विकासलाई घच्घच्याउने चीन सरकारको नीतिलाई कार्यान्वयन गरिएकाले जन-साधारणको जीवनमा सुधार भएको छ। सन् 1997मा एशियामा बैकिंङ संकट भएपछि चीन सरकारले सकारात्मक बित्तीय नीति र स्वस्थ मौद्रिक नीति लागू गरेर अर्थतन्त्रको स्थीर र तिव्र वृद्धिलाई प्रत्याभूत गरेको छ। यसो हुँदाहुँदै पनि त्यसपछिको आर्थिक संचालनका क्रममा केही क्षेत्रमा बेठिक तिव्र गतिले लगानी गरिएको छ, वैदेशिक ब्यापारमा ठूलो सन्तुलन देखापरेको छ, शहर र गाउँ तथा क्षेत्र र क्षेत्रबीचको विकासमा असन्तुलन देखापरेको छ। त्यसैले सन् 2003मा चीन सरकारले समष्टिगत समन्वयको नीति लागू गरेको छ। चीनको सामाजिक-वैज्ञानिक प्रतिष्ठान मातहत आर्थिक अनुसन्धान शाखाका प्रमुख, प्रतिनिधि लिउ शु छंगले भन्नुभएअनुसार, यसबाट चीनका सम्बन्धित विभागहरुले पहिले आर्थिक वृद्धिको दरलाई अनावश्यक तिव्र पार्ने कार्य-शैलीमा सुधार गरिएको देखिएको छ।

            यसो गर्नुको उद्देश्य होः अर्थतन्त्रको स्थीर र अपेक्षाकृत तिव्र विकासको गतिलाई कायमै राख्दै आर्थिक विकासको तरिकामा परिवर्तन गर्ने, आर्थिक वृद्धिको गुणस्तरलाई उकास्ने, संरचनालाई चुस्त पार्ने पक्षमा विभिन्न क्षेत्रको ध्यान आकर्षित गर्नु। गतिको महत्वलाई मात्र हेरिएको छैन र विभिन्न क्षेत्रका बीच अनावश्यक तुलना गर्नुहुँदैन। यस्तो परिवर्तनबाट विगत पाँच वर्षमा चीनको अर्थतन्त्रमा स्थीर र तिव्र विकास भएको छ। चीनको आर्थिक वृद्धिमा स्वस्थता र सन्तुलन देखापरेको छ। च च्यांग प्रान्तको फंग ह्वा शहर मातहत थंग थौ गाउँका किसान, प्रतिनिधि फु छि फिंगले आर्थिक विकासको तरिकामा ल्याइएको परिवर्तनबाट भएको हितबारे चर्चा गर्नुभयो।

              पानी सफा भएको छ, बाटो समथर भएको छ , बत्ति बलेको छ।

              चीनका प्रधान मन्त्री वन च्या पाउले सरकारी कार्य-प्रतिवेदनमा भन्नुभएअनुसार, चीनको आर्थिक समाज निरन्तर र समन्वयात्मक रुपमा विकसित हुँदैआए तापनि चीनको आर्थिक संचालनमा विद्यमान केही ठूला समस्या र अन्तर्विरोधको निराकरण अझ राम्रोसँग गर्नुपर्छ। बजार भाउमा वृद्धिबाट समाजमा ठूलो चाप ल्याइएको छ। अचल सम्पत्तिमा लगानीमा धेरै तिव्र गतिमा वृद्धि भएको छ। अन्तर्राष्ट्रिय आय-व्यय असन्तुलित छ। शहर तथा क्षेत्र र क्षेत्रको विकासमा ठूलो अन्तर देखापरेको छ। यी समस्याको बेवास्ता गर्नुहुँ‍दैन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040