चीन राष्ट्रिय विकास तथा सुधार समितिका प्रमुख मा खाईले आज छ तारिखका दिन पैचिंगमा बोल्दै विगत पाँच वर्षमा चीनमा लागू रहेको समष्टिगत समन्वयका अनेकन कार्य-नीति निकै प्रभावकारी सावित भएका छन भन्नुभयो। यस वर्ष मूल्य नियन्त्रण गर्ने लक्ष्यलाई साकार तुल्याउन चीन दृढ-संकल्पित भएको कुरामा उहाँले जोड दिनुभएको छ।
एघारौं चिनियाँ राष्ट्रिय जन-कांग्रेसको आज आयोजित पहिलो पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय विकास एवम् सुधार समितिका प्रमुख मा खाई, बित्त मन्त्री शे स्यु रन, चिनियाँ जन-बैंकका गभर्नर चाउ स्याउ छुआनले आर्थिक समाजको विकास र समष्टिगत समन्वयन र नियन्त्रणसम्बन्धी समस्याबारे पत्रकारव्दारा सोधिएका प्रश्नहरुको जवाफ दिनुभयो।
श्री मा खाईले भन्नुभयोः लगातार पाँच वर्षको अवधिमा चीनको आर्थिक वृद्धि दर 10%जतिमा कायमै राखिएको छ भने आर्थिक संचालनको गुणस्तर र लाभ प्रशस्त मात्रामा बढेको छ, अनि आर्थिक संरचनामा निरन्तररुपमा सुधार भएको छ।
श्री शे स्यु रनले भन्नुभयोः चीन सरकारले जन-साधारणको समास्याको समाधानमा निकै ध्यान दिएको छ।
श्री चाउ स्याउ छुआनले भन्नुभयोः रन मिन पिको विनिमय दरमा वृद्धि भएकोमा यो कुरा निश्चितरुपमा मुद्रास्फितिलाई नियन्त्रण गर्न अनुकुल छ।
|