चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता छिङ्ग काङ्गले चीन र जापानले चीनका राष्ट्राध्यक्ष हुद्वारा जापानको भ्रमण गर्नुहुने ठोस् मितिबारे स्कारात्मक रुपमा छलफल गर्दै आएको कुरा जानकारी दिंदै राष्ट्राध्यक्ष हुको जापानको भ्रमणबाट दुइ मुलुक बीचको सम्बन्धले दिर्घकालीन र स्वास्थ्य रुपमा विकास हुनका लागि गहिरो र महत्वपूर्ण भूमिका हुने कुरा पनि व्यक्त गर्नुभयो।
उहाँले आज पैचिङ्गमा आयोजित पत्रकार-सम्मेलनमा उक्त कुरा बताउनुभएको हो। यसका अतिरिक्त चीन र जापानले रणनैतिक आपसी हितयुक्त सम्बन्धको निर्माणमा ध्यान दिएको कुराको पनि जानकारी गराउनुभयो।
|