चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको पहिलो अधिवेशनले आज पैचिङ्गमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेको छ। चीनका आठवटा प्रजातान्त्रिक पार्टीका केन्द्रिय जिम्मेवार व्यक्तिहरुले बहुपार्टी बीचको सहयोगबारे देश र विदेशका पत्रकारबाट सोधिएका प्रश्नको जवाफ दिनुभएको छ।
चीनका आठवटा प्रजातान्त्रिक पार्टीले चिनियाँ कम्युनिष्ट पार्टीसँगै मिलेर चीनको क्रान्ति, निर्माण र सुधार तथा खुल्लापन कार्यको विकास र चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको बहुपार्टी बीचको सहयोग तथा राजनैतिक परामर्श व्यवस्थाको विकासलाई घच्घच्याउनका लागि महत्वपूर्ण योगदान गर्दैआएका छन।
|