china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    हु चिन थाउ लगायत चीनका नेताहरु छुट्टा छुट्टै रुपमा दुइवटा अधिवेशनका केही प्रतिनिधि मण्डलको बैठकमा सम्मिलित
    (GMT+08:00) 2008-03-06 20:42:23    

                 चीनका राष्ट्राध्यक्ष हु चिन थाउ लगायत चिनियाँ नेताहरु आज छुट्टा छुट्टै रुपमा पैचिङ्गमा भैरहेका नयाँ राष्ट्रिय जन काँग्रेस तथा राजनैतिक परामर्शदात्री सम्मेलनको वार्षिक अधिवेशनमा सहभागी केही प्रतिनिधि मण्डलसंगको छलफल तथा बैठकमा सम्मलित हुनुभएको छ।

                 राष्ट्रिय जन काँग्रेसअन्तर्गत तिब्बती प्रतिनिधि मण्डलको छलफलमा भाग लिनुहुँदा श्री हु चिन थाउले जन जीवनलाई प्रभावकारी रुपमा सुनिश्चित पार्नुपर्ने, जातीय तथा धार्मिक कार्यलाई मजबुत पार्नुपर्ने र सक्दो प्रयासमार्फत तिब्बती समाजलाई स्थिर र मेलमिलापयुक्त पार्नुपर्ने कुरामा जोड दिनुभयो।

                 राष्ट्रिय जन काँग्रेस स्थायी समितिका अध्यक्ष ऊ पाङ्ग कोले क्वै चौ प्रतिनिधि मण्डलसंगको छलफलमा भाग लिनुभयो। उहाँले हिमपात भएपछि क्वै चौको पुन:निर्माण कार्यलाई राम्रोसँग गर्न क्वै चौका विभिन्न जातिहरुलाई आव्हान गर्नुभयो।

                 प्रधानमन्त्री वन च्या पाउले लगातार चार पटक गरी कान सु प्रतिनिधि मण्डलको बैठकमा भाग लिनुभएको छ। बैठकमा उहाँले देशको पर्यावरणीय वातावरणको सुधार गर्ने अठोट पनि व्यक्त गर्नुभयो।

                 यसबाहेक, राजनैतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष च्या छिङ्ग लिनले हंगकंग तथा मकाउ क्षेत्रका राजनैतिक परामर्शदात्री सम्मेलनका सदस्यहरुसंग भेटघाट गर्नुका साथै सम्बन्धित छलफलमा पनि भाग लिनुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040