चीनका राष्ट्राध्यक्ष हु चिंग थाउले आज पैचिंगमा बोल्दै हंग कंग र माकाउ मातृभूमिमा समाहित भएदेखिका तथ्यहरुबाट "एक देश दुई व्यवस्था" "हंगकंगवासीबाट हंगकंगको शासन चलाइने" "मकाउवासीबाट मकाउको शासन चलाइने"र उच्च स्वशासित कार्यदिशा विल्कुलै सही रहेको कुरा पूर्ण रुपमा प्रमाणित भएको कुरा बताउनुभयो । उहांका अनुसार हंगकंगवासी र मकाउवासीसंग हंगकंग र मकाउको व्यवस्थापन र निर्माण गर्ने क्षमता छ । मातृभूमि सदासर्वदा हंग कंग र मकाउको समृद्धता र स्थिरताको पक्षमा रहनेछ ।
आज दिउँसो पैचिंगमा एघारौं राष्ट्रिय जन कांग्रेसको पहिलो सम्मेलन र एघारौं चिनियां जन परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिको पहिलो सम्मेलनमा सहभागी हंग कंग र मकाउ क्षेत्रका कांग्रेसका प्रतिनिधिहरु तथा चिनियां जन परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका सदस्यहरुसित भेटघाट गर्दा हु चिंग थाउले उक्त कुरा बताउनुभएको हो ।
उक्त भेटघाटमा हंग कंग विशेष प्रशासनिक क्षेत्रका प्रमुख प्रशासक चन् यन् व्छेन् र मकाउ विशेष प्रशासनिक क्षेत्रका प्रमुख प्रशासक ह हौ व्हाको सहभागीता रहेको थियो ।
|