 प्रत्येक वर्षा जस्तै यसवर्षा 2008मा पनि चीनको सर्वोच्च आधिकारिक निकायहरु चिनियाँ राष्टि्रय जन(कांग्रेस तथा चिनियाँ जन(राजनीतिक परामर्शदात्री सम्मेलनका नियमित तथा महत्वपुर्णा वाषिक अधिवेशनहरु मार्च ३ र ५ तारीख देखि चीनको राजधानी पैचिङमा शुरु हुदैछन् । सर्वप्रथम, म चीन एवं चिनियाँ जनताको अत्यन्त शुभेच्छुकको नाताले यी दुईवटा अधिवेशनहरुको पुर्णा सफलताको कामना गर्दछु । चीनको सर्वोच्च आधिकारीक अंग ( चिनियाँ राष्टि्रय जन(कांग्रेस हो । चीनको संविधान अनुसार, विभिन्न स्तरीय जन(कांग्रेसका प्रतिनिधिहरु प्रजातान्त्रिक निर्वाचनका माध्यमबाट जनताको प्रतिनिधित्व गरी मुलुक र विभिन्न स्थानको महत्वपुर्णा मामिलाको निर्णाय गर्ने गर्दछन् । चिनियाँ राष्टि्रय जन(कांग्रेसका प्रतिनिधिहरुमा एेन कानून बमोजिम राष्टि्रय मामिला, आर्थिक तथा साँस्कृतिक कार्य र सामाजिक मामिलाको व्यवस्थापन गर्ने अधिकार हुन्छ । यस व्यवस्थाको माध्यमबाट चिनियाँ जनताले मुलुक र जनताको भविष्य र भाग्यलाई आफ्नो हातमा पारेका हुन्छन् । चीनको जन(कांग्रेसले एकिकृत रुपमा मुलुकको अधिकारको उपयोग गर्दछ । यसले मुलुकको प्रशासनिक अंग, अदालत र न्यायधिवक्ताका कार्यालयका सवै कर्मचारी नियुक्त गर्दछ । तिनीहरु जनता तथा जन(कांग्रेसको अनुगमन अन्र्तगत रहन्छन् र जनता तथा जन(कांग्रेसप्रति उत्तरदायी हुन्छन् ।
संक्षोपमा, राष्टि्रय जन(कांग्रेसले प्रजातान्त्रिक र समावेशी तरिकाले सबैको मतको सम्मान गदै राजनैतिक परामर्श, जनतान्त्रिक अनुगमन र सरकारी कार्य एवं राजनीतिमा ब्यापक छलफल गरी बिगतका दिनहरुको प्रगति विवरणाको सिंहावलोकन गर्दै आगामी दिनका लागि मुलुकको दिशा निदर्ेश गर्नु यसको मुख्य कार्य हो ।
गतवर्षा 2007 मा चिनियाँ राष्टि्रय जन(कांग्रेसको वाषिक अधिवेशन मार्च 5तारीखदेखि शुरु भई मार्च 16तारीखमा सम्पन्न भएको थियो । यस अधिवेशनले बिगतका वर्षाहरुमा जस्तै एतिहासिक महत्वका नीति, नियम तथा कानूनहरु पारित गरेको थियो । यस अधिवेशनमा अघिल्ला वर्षाहरुमा तर्जुमा गरेका दीर्घकालिन योजनाहरुलाई सफल कार्यान्वयन गर्दै चालु वर्षाका लागि भौतिक संरचनाको सुधार, उर्जाको खपतमा किफायत, वातावरणीय संरक्षाणा, चीनको कूल ग्राहस्थ उत्पादन 8 प्रतिशत पुर्याउने, सर्वसाधारणाको जिवनस्तर उकास्ने, सुखमय जीवन जीउनको लागि जनतालाई आत्मनिर्भर पार्ने उद्योग व्यवसायको विकासमा जोड दिने, तिब्वतको आर्थिक सामाजिक अवस्थालाई उकास्ने, उच्च प्रविधि भित्र्याउन लगानीलाई प्रेरित गर्ने, विज्ञान र प्रविधिको विकासमा भरमग्दुर प्रयास गर्ने, सम्पत्त अधिकार सम्वन्धि कानून, आयकर कानून निर्माणा गर्ने, बेरोजगारीका समस्याहरुलाई न्युनीकरणा गर्दै रोजगारका अवसरहरु श्रृजना गर्ने, आयत निर्यातमा सन्तुलन कायम गदै बैदेशिक व्यापारमा निरन्तर नाफाको अवस्थामा परिवर्तन गर्ने तथा व्यावसायिक एवं प्राविधिक शिक्षामा जोड दिने जस्ता नीति, नियम तथा कानून निर्माणा गरेको थियो ।
चिनियाँ जन(राजनीतिक परामर्शदात्री सम्मेलन राष्टि्रय समिति तथा त्यसको स्थायी समितिले राजनैतिक परामर्श, प्रजातान्त्रिक निगरानी, सरकारी मामिलामा सहभागीलगायतका क्षोत्रमा आफ्नो कार्यभारलाई व्यावहारिक रुपमा बहन गर्नुका साथै जोडतोडसँग सिद्धान्तको खोजी गर्दछ र आ(आफ्नो संरचनालाई सबल पार्नको लागि विभिन्न कार्यहरु गर्दछ । यसले बिगत एक वर्षाको अवधिमा सरकारका सम्वन्धित विभाग समक्षा पेश गरेका प्रस्तावहरु माथि छलफल गर्नुका साथै स्थायी समितिको बैठक बोलाई समाजवादी मेलमिलापयुक्त समाजको निर्माणा सम्वन्धि प्रस्ताव प्रस्तुत गर्ने, समष्टिगत र रणानीतिक क्षोत्रका विषायहरु बारे अध्ययन अनुसन्धान गर्ने, विभिन्न प्रजातान्त्रिक पार्टी र निर्दलीय व्यक्तिहरुको भूमिकालाई अभm व्यापक बनाउने कार्य गर्दछ ।
अन्तमा, चीनले विश्व रंगमञ्चमा विश्वशान्तिका लागि गरिरहेको पहल, चिनियाँ विशेष्ातायुत्तm समाजवादको प्रभावबाट छोटो समयमै हासिल गरेको उच्चतम आर्थिक, सामाजिक तथा प्राविधिक उपलब्धिका कारणा सिंगो विश्वको ध्यान चीनमा गइरहेको परिपेक्षामा यी दुईवटा अधिवेशनहरुले समस्त चिनियाँ जनताको लागि सूनौलो भविष्य निर्माणा गर्ने र सम्पन्न समाजको निर्माणा गर्ने दिशामा कोशेढुगा सावित होउन, चीनले आर्थिक, सामाजिक तथा प्राविधिक क्षोत्रमा उल्लेखनीय सफलता प्राप्तिको लागि समय सापेक्षा योजना, नीति तथा रणानीति तर्जुमा गर्दै सफलताको शिखर चुम्न सफल होओस, चीनको अभिन्न अंग थाइवानलाई मातृभूमिमा समाहित गर्ने कार्यदिशामा शान्तिपुर्णा ठोस कदम चाल्न सफल होओस साथै विश्व चर्चामा रहेको २९आैं ओलम्पिक खेलको आयोजना गर्ने मौका पाएको मित्रराष्ट्र चीनले सफल आयोजना गरी विश्व शान्ति तथा विश्व भातृत्वको सन्देश विश्वभर फैलाउन सफल होओस, यहि नै मेरो हार्दिक मंगलमय शुभकामना धन्यवादमान
बहादुर खत्री
प्रमुख,
साँस्कृतिक विभाग
सी.आर.आई.श्रोता क्लवहरुको राष्टि्रय परिषाद,
नेपाल
|