
चीनको दुइ वटा अधिवेशनको आयोजना भईरहेकोले आज म पहिलेभन्दा अघि नै कार्यालयमा आएको छु। किनकि हरेक वर्षको मार्च महिनामा चीनको दुइ वटा अधिवेशनको आयोजना गरिने गरिन्छ। त्यस समय हामीहरु अरु समयभन्दा व्यस्त हुन्छौं। रवीलाई एउटा फोन गरेपछि मैले आजको अधिवेशनको विषयबारे अलि अलि थाहा पाएं। जसबाट आजको काम राम्रोसँग चलाउन सकियोस्। लौ हामी शुरु गरौं!
समाचारहरु आयो, ओहो, धेरै आयो, ती समाचारहरु छापेपछि अरु मेरा सहकर्मीहरुलाई दिएर मैले समाचार अनुवाद गर्न आफ्नो टेबेलमा केही राख्छु। अरु साथिहरुलाई पनि थकाइ लाग्यो होला, किनभने हामीले हिजो झन्डै दश बजे मात्र घर जान पाएका थियौं। यस विषयमा हाम्रा प्रिय श्रोताहरुले पूरै थाहा पाउनुभयो भन्ने हाम्रो आशा होः हामी हाम्रो अथक प्रयासबाट राम्रो समाचार र कार्यक्रमहरु प्रसारण गरिने छ।
कृष्ण के सीजी पनि आउनुभयो। भेरै थकित देखिनुहुन्छ , तर उहाँ उत्साही हुनुहुन्छ। निकै खुसी भएर कम्प्युदर सामुन्ने बस्नुहुन्छ। उहाँले चीनको दुइ वटा अधिवेशनलाई ठूलो रुचीका साथ हेर्नुभएको छ। दाजू, छिटछिटै समाचार हेर्नुहोस्, वर्षा दिदीले उहाँलाई बताउनुहुन्छ। कृष्ण जीले समाचारलाई सच्याउनुभएपछि त्यसलाई समयमै हाम्रा नेपाली वेभ-साइटमा राख्न हाम्रा सबै सहकर्मीको सकृयता रहेको छ। कृष्ण के सीजीको आशा पनि त्यही रहेको छ।
काम गर्दागर्दै मैले सोच्छुः की यसै वर्षको मध्य अवधिमा म नेपालमा पढ्न जाने छु र त्यहाँ एक वर्ष विताउने छु। त्यसैले आउने वर्षको चीनको दुइ वटा अधिवेशनको आयोजना गर्ने बेलामा म नेपालमा हुनेछु। नेपालमा हाम्रा प्रिय श्रोताहरुसँगसँगै बसेर रेडायोबाट चीनको दुइ वटा अधिवेशनको समाचार सुन्न कति रमाइलो हुन्छ होला हँ? अन्तर्वार्ता लिने रेकर्डर लिनुपर्ला, त्यसपछी हामीले एउटा कोठामा बसेर चीनको दुइ वटा अधिवेशनबारे छलफल गर्ने छौं।
|