चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलन र चिनियाँ राष्ट्रिय जन कांग्रेसको वार्षिक अधिवेशन हाल पैचिङ्गमा भइरहेको छ। यसप्रति शुभकामना व्यक्त गर्न हाल धेरै श्रोताले हामीलाई पत्र वा इमेल पठाउनुभएको छ।
सी.आर.आई. श्रोता क्लबहरुको राष्ट्रिय परिषद नेपालको सांस्कृतिक विभागका प्रमुख मान बहादुर खत्रीले हामीलाई इमेल पठाएर चिनियाँ राष्ट्रिय जन कांग्रेसको वार्षिक अधिवेशनको सफलताका लागि शुभकामना व्यक्त गर्दै यो चीनको सर्वोच्च आधिकारिक अंग रहेको कुरा बताउनुभएको छ। आफ्नो इमेलमा उहाँले उल्लेख गर्नुभएको छः चिनियाँ राष्ट्रिय जन कांग्रेसले प्रजातान्त्रिक र समावेशी तरिकाले सबैको मतको सम्मान गर्दै राजनैतिक परामर्श, जनतान्त्रिक अनुगमन र सरकारी कार्य एबँ राजनीतिमा व्यापक छलफल गरी विगतका दिनहरुको प्रगति विवरणको सिंहावलोकन गर्दै आगामी दिनका लागि मुलुकको दिशा निर्देश गर्नु यसको मुख्य कार्य हो।
|