china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    किसान मजदूरबाट राष्ट्रिय जन काँग्रेसका प्रतिनिधि निर्वाचित भएको कुराबाट चीनको प्रजातान्त्रिक राजनैतिक निर्माण प्रक्रियालाई प्रष्ट्याइएको
    (GMT+08:00) 2008-03-07 18:06:09    

              चौंतीस वर्षिय हु स्याउ यान चीनको दक्षिण पश्चिमी भागको स छुआन प्रान्तका एक जना महिला किसान हुन्। दश वर्षअघि उनले जन्मथलोबाट चीनमा आर्थिक विकास सबभन्दा द्रुत भएको प्रान्तहरुमध्येका एक अर्थात कुआन तुङ प्रान्तमा काम गर्न थालीन। आजकाल उनी र अन्य दुइ जना किसान मजदूर काम गर्ने प्रान्तमा राष्ट्रिय जन काँग्रेसका प्रतिनिधि निर्वाचित भइ पाँच वर्षको कार्यावधि भएको चीनको सर्वोच्च आधिकारिक संस्थाका सदस्य बनेका छन। वर्तमान हैसियत हु स्याउ यानले पहिले नसोचेको कुरा हो। उनको हैसियतको परिवर्तन चीनको प्रजातान्त्रिक राजनैतिक प्रक्रियामा महत्वपूर्ण घटना भन्न सकिन्छ।

            गत शताब्दीको सत्तरीको अन्तमा चीनमा सुधार तथा खुलापन नीति लागू भएदेखि यता, चीनको आर्थिक वृद्धि द्रुत गतिले बढ्दै गएको देखिन्छ। उद्योगको सामन्जस्यताको क्रममा बढी भन्दा बढी किसानहरु खेती किसानीलाई छोडेर शहरमा काम गर्दै आएका छन। यस प्रवृत्तिबाट चीनको समाजमा किसान मजदूर भन्ने नयाँ वर्ग देखा पर्न थाल्यो। प्राप्त तथ्याङ्क अनुसार, हालसम्म चीनमा किसान मजदूरको कूल संख्या तेह्र करोड जति छ र उनीहरुले भवनको निर्माण, उत्पादन सम्बन्धी व्यवसायहरु तथा ढुवानी क्षेत्रमा काम गरिरहेका छन। किसान मजदूर चीनको औद्योगिक मजदूरको महत्वपूर्ण भाग हो र उनीहरुले शहरको निर्माण तथा आर्थिक एवम् सामाजिक विकासका लागि महत्वपूर्ण योगदान प्रदान गर्दै आएका छन। बिगत केही वर्षदेखि यता चीन विश्वको आर्थिक वृद्धिलाई अघि बढाउने इन्जिन भएकोले चीनका किसान मजदूरहरुले विश्वको आर्थिक वृद्धिका लागि पनि योगदान प्रदान गरेको भन्न सकिन्छ।

              तर चीनमा लागू भएको व्यवस्था वमोजिम, किसानहरुले ग्रामीण क्षेत्रमा रिजिस्टर गर्नुपर्छ र शहरियाहरुले शहरमै रिजिस्टर गर्नुपर्छ। यसै कारणले किसान मजदूर वर्गले शिक्षा, चिकित्सा, बसोबास, सामाजिक विमा तथा रोजगारी लगायतका क्षेत्रमा धेरै समस्याको सामना गरेका छन र उनीहरुको दैनिक जीवन शहरिया बासिन्दाहरुको जीवनभन्दा गाह्रो भएको देखिन्छ। यसका साथै शैक्षिक स्तर तल तथा कानूनी ज्ञान कम भएकोले किसान मजदूरहरुका केही बैधानिक हक-अधिकारको उल्लंघन गरिएको कुरा कहिलेकाहीं देखा पर्दछ। यस्तो गतिविधिले चिनियाँ समाजको न्याय तथा निष्पक्षतालाई प्रभाव पारेकोले राष्ट्रिय जन काँग्रेस तथा चीन सरकार एवम् चिनियाँ समाजका विभिन्न तहले त्यस्ता गतिविधिहरुमा महत्व दिन थालेका छन।

             तीन जना किसान मजदूर राष्ट्रिय जन काँग्रेसका प्रतिनिधि बनेर संविधान वमोजिम आफ्नो अधिकारलाई व्यवहारमा उतारी देशका मुख्य कार्यनीतिको तर्जुमा गर्ने क्रममा प्रत्यक्ष रुपमा भाग लिइरहेका छन। जसबाट अझ उच्च स्तरमा मजदूर वर्गको व्यावहारिक हक-अधिकार तथा बैधानिक हितको संरक्षण गर्न सकियोस र जन काँग्रेसका प्रतिनिधिको हैसियतले प्रजातन्त्रलाई अझ सम्पूर्ण रुपमा प्रतिविम्वित गर्न सकियोस्।

              वास्तवमा राष्ट्रिय जन काँग्रेसका प्रतिनिधि बनेका ती तीन जना किसान मजदूरहरु यस पटकको वार्षिक अधिवेशनको एउटै मात्र आकर्षण होइनन्। यस पटकको अधिवेशनमा मजदूरहरुलाई प्रतिनिधित्व गरिएका प्रतिनिधिहरुको संख्या गत वार्षिक अधिवेशनको तुलनामा एक गुणा भन्दा बढी पुगेको छ। त्यस्तै किसानलाई प्रतिनिधित्व गरिएकाहरुको संख्या गत अधिवेशनको तुलनामा सत्तरी प्रतिशतले बढी भएको छ। ती कुराहरुबाट चीनको प्रजातान्त्रिक राजनैतिक प्रक्रियामा देखा परेको टडकारो परिवर्तनलाई प्रतिविम्वित गरिएको छ।

             औंल्याउनुपर्ने कुरा के हो भने प्रजातान्त्रिक राजनैतिक क्षेत्रमा चीनले हासिल गरेको प्रगति हिजो-आजमात्र देखा परेको होइन। वास्तवमा निजी अर्थतन्त्रको बृद्धिका क्रममा धेरै निजी व्यवसायीहरु दश वर्षभन्दा अघि नै राष्ट्रिय जन काँग्रेसका प्रतिनिधि बनिसकेका थिए। सन् 2002मा आयोजित चिनियाँ कम्युनिष्ट पार्टीको सत्रौं अधिवेशनमा केही निजी व्यवसायीहरु पार्टीका सदस्य बने र सन् 2005मा तीस जना निजी व्यवसायी र तेइस जना किसान मजदूर पहिलो पटक "राष्ट्रिय श्रमिक नमूना" का उम्मेदवार छानिए। सन् 2007मा चिनियाँ कम्युनिष्ट पार्टीका सदस्य पनि नभएका व्यक्तिहरु विज्ञान तथा प्रविधि मन्त्री तथा स्वास्थ्य मन्त्री बनेर बितेका दश वर्षभन्दा बढीको समयमा पालना गरिएको नियमलाई भँग पारिएकोछ। ती कुराहरुबाट चीनको प्रजातान्त्रिक राजनैतिक प्रक्रिया स्थिर रुपमा अघि बढेको कुरा स्पष्ट रुपमा पाइन्छ।

              विद्यमान विचारलाई अझ खुलस्त पारी सुधार तथा खुलापन नीतिलाई कायमै राखी बैज्ञानिक दृष्टिकोण लिएर विकासलाई अघि बढाउनुका साथै सामाजिक मेलमिलापलाई प्रवर्द्धन गर्ने बाटोमै चीनको समाजबादी प्रजातानत्रिक राजनैतिक निर्माण क्रमशः परिपूर्ण हुने विश्वास गरिएको छ।

           भविष्यमा किसान मजदूरलाई प्रतिनिधित्व गराइनेहरुको संख्यामा अझ बढ्ने विश्वास गरिएको छ र चीनमा मानिसहरु रिजिस्टर गर्ने नीतिको सुधार एवम् सामाजिक तथा औद्योगिकिकरण प्रक्रियाको विकास क्रममा किसान मजदूर भन्ने नाम हराउने सम्भावना छ। तर किसान मजदूरहरु चीनको प्रजातान्त्रिक राजनैतिक प्रक्रियामा देखा पर्ने प्रकृति मात्र हो। आर्थिक सुधारमा महत्वपूर्ण उपलब्धि हासिल गर्ने क्रममा चीनले विविध तहमा प्रजातान्त्रिक निर्माणलाई अघि बढाइ चीनले चीनको अवस्थासँग अनुकूल प्रजातान्त्रिक रुप सिर्जना गर्नसक्ने कुरामा शंका छैन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040