चीनको गुणस्तरको अनुगमन र क्वारेन्टाइन व्यूरोका प्रमुख लि छांग च्यांगले पैचिंगमा बोल्दै ओलिम्पिक खेलकुदका लागि खाद्यपदार्थको सुरक्षालाई प्रत्याभूत पार्न चीन द्दृढ रहेको कुरा बताउनुभयो ।
छ तारीखका दिन लि छांग च्यांगले पत्रकारसित कुराकानी गर्दा ओलिम्पिक खेलकुदका लागि खाद्यपदार्थको सुरक्षालाई प्रत्याभूत पार्नका लागि चीन सरकार र पैचिंग ओलिम्पिक खेलकुदको संयोजक समितिले पूर्ण र प्रभावकारी खाद्यपदार्थको सुरक्षालाई अनुगमन गर्ने पद्धतिको स्थापना गरेका छन् । ओलिम्पिक खेलकुदका लागि चाहिने सबै खाद्यपदार्थहरुको ध्यानपूर्वक छनोट गरिएका खाद्य प्रशोधन व्यवसाय र पालन व्यवसायबाट बनाइनेछन् । यसका अतिरिक्त यस विषयबारे चीनले अन्तर्राष्ट्रिय सहयोगलाई मजबूत पार्नेछ र अन्तर्राष्ट्रिय व्यवसायहरुसित सक्रियताका साथ अनुभवको आदान प्रदान गर्नेछ।
|