
चीनका राष्ट्राध्यक्ष हु चिंग थाउले आज पैचिंगमा बोल्दै हंग कंग र माकाउ मातृभूमिमा समाहित भएदेखिका तथ्यहरुबाट "एक देश दुई व्यवस्था" "हंगकंगवासीबाट हंगकंगको शासन चलाइने" "मकाउवासीबाट मकाउको शासन चलाइने"र उच्च स्वशासित कार्यदिशा विल्कुलै सही रहेको कुरा पूर्ण रुपमा प्रमाणित भएको कुरा बताउनुभयो। उहांका अनुसार हंगकंगवासी र मकाउवासीसंग हंगकंग र मकाउको व्यवस्थापन र निर्माण गर्ने क्षमता छ। मातृभूमि सदासर्वदा हंग कंग र मकाउको समृद्धता र स्थिरताको पक्षमा रहनेछ।
आज दिउँसो पैचिंगमा एघारौं राष्ट्रिय जन कांग्रेसको पहिलो सम्मेलन र एघारौं चिनियां जन परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिको पहिलो सम्मेलनमा सहभागी हंग कंग र मकाउ क्षेत्रका कांग्रेसका प्रतिनिधिहरु तथा चिनियां जन परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका सदस्यहरुसित भेटघाट गर्दा हु चिंग थाउले उक्त कुरा बताउनुभएको हो।
हंगकंगका सञ्चार-माध्यमहरुले श्री हु चिन थाउको सम्बोधनप्रति निकै ठूलो प्रतिकृया जनाएका छन। हंगकंगका विभिन्न सञ्चार-माध्यमहरुले आजै बेग्लाबेग्लै गरी टिप्पणी एवम् लेख प्रकाशित गर्दै श्री हु चिन थाउको सम्बोधनको उच्च मूल्यङ्कन गरेका छन।
|