चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङ्गले आज बोल्दै जेरुसेलमको यहुदी विद्यालयमा उत्पन्न हिंसात्मक गतिबिधिको चीनले कडा शब्दमा निन्दा गरेको कुरा बताउनुभयो।
प्राप्त जानकारी अनुसार, एकजना सशस्त्र तत्वले हिजो राति जेरुसेलममा रहेको एउटा यहुदी विद्यालयमाथि आक्रमण गरेकोले कम्तिमा आठजनाको ज्यान जानुका साथै अन्य नौजना घाइते भएका छन। पत्रकारद्बारा सोधिएको प्रश्नको जवाफ दिंदै प्रवक्ता छिन काङ्गले चीनले सर्वसाधारणलाई लक्षित गरी गराइएको उक्त हिंसात्मक गतिबिधिको निन्दा गर्नुका साथै त्यस क्षेत्रको तनावपूर्ण परिस्थितिलाई नचर्काउनका लागि सम्यम कायम राख्न पनि सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो।
|