अन्तर्राष्ट्रिय समुदायले वितेका केही दिनदेखि यता बेग्लाबेग्लै गरी थाइवान जल डमरुका दुइ किनारा बीचको सम्बन्धसम्बन्धी चीनका राष्ट्राध्यक्ष हु चिन थाउले चार तारिखका दिन दिनुभएको सम्बोधनप्रति उच्च मूल्याङ्कन गरेका छन।
यूरोपेली संघको वर्तमान अध्यक्ष मुलुक स्लोभेनियाले हिजो यूरोपेली संघको तर्फबाट एउटा बक्तव्य प्रकाशित गर्दै एक मात्र चीन भन्ने नीति अपनाउँदैजाने कुराको पुन:र्पुष्टी गरेको छ।
सिन्गापूरको "लेन ह चा पाउ"अखवारले हिजै एउटा लेख प्रकाशित गर्दै श्री हु चिन थाउको सम्बोधनको सकारात्मक मूल्याङ्कन गरेको छ।
अमेरिकी काँग्रेसको प्रतिनिधि सभा मातहतको परराष्ट्र परिषद तथा सारा विश्वको वातावरण परिषदका अध्यक्ष फालेओमाभेगाले अस्ति एउटा अन्तर्वार्ता दिंदै श्री हु चिन थाउको उक्त सम्बोधन निकै प्रेरणादायक भएकाले जल डमरुका दुइ किनारा बीचको तनावपूर्ण परिस्थितिलाई शिथिल पार्नका लागि सघाउ पुर्याउनसक्ने कुरा औंल्याउनुभएको छ।
यसबाहेक, ओस्ट्रेलिया, थाइल्याण्ड तथा चेकमा रहेका चिनियाँ प्रवासी र चिनियाँ मूलका विदेशीहरुले पनि श्री हु चिन थाउको सम्बोधनको निकै स्वागत गर्नुका साथै "थाइवान संयुक्त राष्ट्र संघमा संलग्न हुने जनमत संग्रह"को कडा विरोध गर्ने विचार व्यक्त गरेका छन।
|