
चीन सरकारले विविध कदम चाली रोजगारीको अझ विस्तार गर्ने योजना गरेको छ। यो कुरा चीनको श्रम तथा सामाजिक प्रत्याभूति मन्त्री थ्येन छन फीङले आज पैचिङ्गमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै बताउनुभएको हो।
उहाँका अनुसार, चीनमा रोजगारको परिस्थिति गम्भीर भएको र प्रतिवर्ष थपिने श्रमिकको संख्या दुइ करोड जति छ।
उक्त समस्याको समाधान गर्न चीन सरकारले मानिसहरु आ-आफ्नो कम्पनी खोलेर रोजगारीको मौका सिर्जना गर्नु भन्ने अवस्थाको स्थापना गर्ने, शहरिया तथा ग्रामीण क्षेत्रमा रोजगारीसम्बन्धी सेवारत प्रणालीलाई सुधार गर्ने, सम्पूर्ण श्रमिकहरुका लागि शिपसम्बन्धी तालिम दिने कामको विस्तार गर्ने छ। यसका साथै, चीन सरकारले बेरोजगारी नियन्त्रणलाई सशक्त पारी बेरोजगारलाई जोगाउन चेतावनी दिने प्रणालीको स्थापना गर्ने छ।
प्राप्त तथ्याङ्कअनुसार, बितेका पाँच वर्षको अवधिमा चीनका शहर तथा गाँउ-बस्तीमा थप रोजगारीहरुको संख्या पाँच करोड दश लाख जति पुगेको छ र गत वर्ष थप गरिएका रोजगारीको संख्या एक करोड बीस लाख जति पुगेको छ।
|