चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवम् राष्ट्राध्यक्ष हु चिन थाऊ लगायतका नेतागणले आज बेग्ला-बेग्लैरुपमा पैचिङ्गमा चलिरहेको एघारौं चिनियाँ राष्ट्रिय जन-कांग्रेसको वार्षिक अधिवेशनको पहिलो बैठकमा सहभागी केही प्रतिनिधिहरुको सामूहिक छलफलमा भाग लिनुभएको छ।
राष्ट्राध्यक्ष हुले शान तुङ प्रतिनिधिमण्डलको छलफलमा बोल्दै चीनको आर्थिक विकासकझ तरिकाको परिणतलाई तिव्र पारी अर्थतन्त्रको छिटो र राम्रो विकासलाई अघि बढाउनुपर्ने कुरामा जोड दिनुभएको छ। चिनियाँ विशेषतायुक्त कृषि आधुनिकिकरण बाटोमै समाजबादी नयाँ ग्रामीण क्षेत्रको निर्माणलाई बढाउनुपर्ने कुरालाई पनि उहाँले स्पष्ट पार्नुभएको छ।
राष्ट्रिय जन-कांग्रेस स्थायी समितिका अध्यक्ष ऊ पाङ्ग कोले फु च्यान प्रान्तीय प्रतिनिधिमण्डलको सामूहिक छलफलमा बोल्दै जन-प्रतिनिधि सभाको अवस्थामा सुधार गरी नयाँ परिस्थितिमा जन-कांग्रेसको कार्यलाई अझ राम्रोसँग गर्नुपर्ने विचार व्यक्त गर्नुभएको छ।
प्रधान मन्त्री वन च्या पाउले चि लीन प्रान्तीय प्रतिनिधिमण्डलको सामूहिक छलफलमा बोल्दै उत्तर-पूर्वी भागको आर्थिक तथा सामाजिक विकासलाई ऊर्जा-श्रोतको किफायत तथा पर्यावरणीय संरक्षणसँग जोड्नुपर्ने कुरामा जोड दिनुभयो।
|