china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियाँ राष्ट्रिय जन-कांग्रेस स्थायी समितिको कार्यबारे
    (GMT+08:00) 2008-03-09 20:32:35    

           नयाँ चिनियाँ जन-कांग्रेसको प्रथम अधिवेशन हाल पैचिङ्गमा भइरहेको छ। हिजो दिउँसो चिनियाँ राष्ट्रिय जन-कांग्रेसका झण्डै तीन हजार प्रतिनिधिहरुसमक्ष चिनियाँ राष्ट्रिय जन-कांग्रेस स्थायी समितिका अध्यक्ष ऊ पांग कोले विगत पाँच वर्षदेखि यता दशौं चिनियाँ राष्ट्रिय जन-कांग्रेस स्थायी समितिको कार्यबारे एउटा प्रतिवेदन प्रस्तुत गर्नुभयो। उक्त प्रतिवेदनमा उल्लेखित अंक र तथ्यबाट कार्यावधि पूरा हुनलागेको दशौं चिनियाँ राष्ट्रिय जन-कांग्रेस स्थायी समितिले विगत पाँच वर्षमा गरेको कार्यबारे जानकारी दिइएको छ। चीनको सर्वोच्च राष्ट्रिय आधिकारिक संस्थाले सधैं प्रजातन्त्रको अवधारणा र जनताको हित गर्ने लक्ष्यको बिंडो थामेर कानूनको निर्माण तथा अनुगमन कार्य गर्दैआएको छ।

            कानूनको निर्माणसम्बन्धी अधिकार नै चीनको संविधान र ऐनद्बारा चिनियाँ राष्ट्रिय जन-कांग्रेस तथा त्यसको स्थायी समितिलाई दिइने महत्वपूर्ण अधिकार तथा कार्यभार हो। पाँच वर्षअघि भर्खरै गठन भएको दशौं चिनियाँ राष्ट्रिय जन-कांग्रेस स्थायी समितिले "चिनियाँ विशेषतायुक्त समाजवादी कानून प्रणालीलाई आधारभूतरुपमा उत्पन्न गराउने"र "कानूनको निर्माणको गुणस्तरलाई उकास्ने"कुरालाई आगामी दिनहरुमा आफ्नो कानून निर्माण कार्यको लक्ष्य तथा महत्वपूर्ण विषयका रुपमा तर्जुमा गरेको थियो। पाँच वर्षपछि श्री ऊ पांग कोले यसमा प्राप्त उपलव्धिबारे चर्चा गर्दै भन्नुभयोः

           "विगत पाँच वर्षदेखि यता हामीले लेखाजोखा गरेका संविधानको संशोधन मसौदा, ऐनको मसौदा, कानूनबारे व्याख्या मसौदा र सम्बन्धित कानून प्रस्तावको मसौदाहरुको संख्या जम्मा एक सय छ पुगेको छ। तीमध्ये एक सयवटा मसौदा पारित गरेका छौं हामीले।"

             विगत पाँच वर्षमा लागू भएका एक सयवटा कानून-प्रस्तावमा "देशले मानव अधिकारको कदर तथा प्रत्याभूत गर्ने"र "नागरिकको वैधानिक निजी सम्पत्तिमाथिको अधिकारलाई उल्लंघन गर्न नदिने"आदि विषयलाई संविधानमा थपिएको संविधानको संशोधन मसौदा, बीस वर्षसम्मको लेखाजोखापछि लागू भएको अनुगमन कानून, निजी सम्पत्तिको पूर्ण संरक्षण गर्ने सम्पत्ति अधिकार कानून र श्रम ठेक्का पत्र कानून आदि महत्वपूर्ण कानूनहरु समावेश छन।

            यी अंकबाट चिनियाँ राष्ट्रिय जन-कांग्रेस स्थायी समितिले आफ्नो लक्ष्यलाई साकार तुल्याउनुका साथै आफ्नो वचनबद्धतालाई व्यवहारमा उतारेको कुरा प्रष्ट हुन्छ भन्दै श्री ऊ पांग कोले भन्नुभयोः

             "संविधान केन्द्र हुनुका साथै प्रशासन नियम तथा विभिन्न स्थानीय नियम आदि व्यवस्थित प्रस्ताव लगायत सातवटा कानून विभाग तथा तीन तहको कानून संस्थाबाट उत्पन्न हुने चिनियाँ विशेषतायुक्त समाजवादी कानून प्रणाली आधारभूत रुपमा सम्पन्न भइसकेको छ। यसरी नै देशको आर्थिक, राजनैतिक, सांस्कृतिक तथा सामाजिक जीवनका विभिन्न क्षेत्रको शासन कानून बमोजिम चलाउनसकिन्छ भने यसबाट कानून बमोजिम देशको शासन गर्ने, कानून बमोजिक समाजवादी देशको निर्माण गर्ने र देशको दीर्घकालीन स्थायीत्व भन्ने लक्ष्यलाई साकार तुल्याउनका लागि शक्तिशाली कानून व्यवस्थालाई प्रत्याभूत गरिएको छ।"

             दशौं चिनियाँ राष्ट्रिय जन-कांग्रेस स्थायी समितिको गत पाँच वर्षको कार्यावधिमा अनुगमनको क्षमतालाई निरन्तर रुपमा सबल तथा गहन पारिएको छ। यसलाई सम्बन्धित प्रतिवेदन र दस्तावेजमा लेखिएको मात्र नभई व्यवहारमा पनि उतारिएको छ। यसबारे जानकारी दिंदै श्री ऊ पांग कोले भन्नुभयोः

            "विगत पाँच वर्षदेखि यता चिनियाँ राष्ट्रिय जन-कांग्रेसले राज्य परिषद, सर्वोच्च अदालत र सर्वोच्च न्यायाधिवक्ता कार्यालयद्बारा प्रस्तुत एकचालिसवटा विशेष प्रतिवेदन, पन्ध्रवटा बजेट प्रतिवेदन तथा योजनाको कार्यान्वयन अवस्थासम्बन्धी प्रतिवेदनमाथि लेखाजोखा गरेको छ। यसका अतिरिक्त, चिनियाँ राष्ट्रिय जन-कांग्रेस स्थायी समितिका उपाध्यक्षको नेतृत्वमा बाईसवटा कानूनको कार्यान्वयन अवस्थाको पच्चीस पटक निरीक्षण गरिएको छ।"

             पहिलेको अनुभवको निचोड निकालेर भविष्यबारे चर्चा गर्दै श्री ऊ पांग कोले व्यापक जनताको मौलिक हक-अधिकारमाथि जोड दिंदै भन्नुभयोः

            "जन-कांग्रेस व्यवस्था नै चीनका विभिन्न जातिका जनताले आफ्नो देशको मालिक भएर आफ्नो देशमाथि शासन गर्ने आधारभूत तरिका तथा त्यसलाई साकार तुल्याउने सर्वोच्च तरिका हो। हामीले जनताको हक-अधिकार बमोजिम जनताका विभिन्न हक-अधिकारलाई प्रत्याभूत गर्नुपर्छ।"

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040