china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    मेघा
    (GMT+08:00) 2008-03-10 10:11:42    

                वितेका दिनहरुमा हामी सबै सहकर्मीहरु निकै व्यस्त छौं। किनकि चिनियाँ राष्ट्रिय जन काँग्रेस तथा चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको वार्षिक अधिवेशन धुमकामसँग पैचिङ्गमा आयोजित गरिरहेका छन। एउटा खुशीको कुरा के छ भने चिनियाँ राजनैतिक परामर्शदात्री सम्मेलनको एघारौं राष्ट्रिय समितिको पूर्ण बैठक आजै सफलताका साथ सम्पन्न भएको छ। त्यस सम्मेलनमा हाम्रो देशका लागि हितकर हुने नीतिको तर्जुमा हुनुका साथै केही उपलब्धि पनि हासिल भएका छन भन्ने म विश्वस्त छु।

               गत जनवरीदेखि यता चीनका केही क्षेत्रमा भयङ्कर हिमपात तथा बरफको प्रकोप उत्पन्न भएकाले स्थानीय जनताको निकै ठूलो नोक्सानी तुल्याएको छ। तर चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चीनका विभिन्न ठाउँ र विभिन्न क्षेत्रका जनताहरु हातमा हात मिलाएर प्रकोपग्रस्त क्षेत्रका बासिन्दाहरुलाई सक्दो ठूलो सहयोग दिंदैआएका छन। सामान्य जनताले चन्दास्वरुप पैसा अथवा माल-सामानलाई जम्मा पारेर प्रकोपग्रस्त क्षेत्रका बासिन्दाहरुलाई पुर्‍याउने गरेका छन। गन्यमान्य व्यक्तिहरु विशेषत: नृत्य क्षेत्रका कलाकारहरुले नि:शुल्क सांस्कृतिक समारोह आदि तरिकामार्फत प्रकोपग्रस्त क्षेत्रका लागि पनि पैसा जुट्टाएका छन। अब बसन्त ऋतु आएको बेला पैचिङ्गमा भैरहेको चिनियाँ राष्ट्रिय जन काँग्रेस तथा सम्पन्न भएको चिनियाँ राजनैतिक परामर्शदात्री सम्मेलनले बसन्त ऋतुको सुमधुर हावा जस्तै दशभरिका जनतालाई अझ ठूलो न्यानोपन र आशा पनि ल्याएका छन। यसका अतिरिक्त, यी दुइवटा सम्मेलनले समस्त चिनियाँ जनतालाई अझ ठूलो प्रोत्साहन पनि तुल्याएका छन।

              गएको हिउँ ऋतु निकै जाडो भए तापनि बसन्त ऋतु आउने बित्तिकै म लगायत समस्त चिनियाँ जनताको मन पनि दिनप्रति दिन न्यानो हुदैजानेछ।

               चिनियाँ राष्ट्रिय जन काँग्रेस तथा चिनियाँ परामर्शदात्री सम्मेलन पैचिङ्गमा भैरहेको हाराहारीमा हामी समस्त सहकर्मीहरुले पनि जोडतोडसँग काम गरिरहेका छौं। निकै व्यस्त भए तापनि हामी निकै खुशी भएका छौं। यस वर्ष म चिनियाँ अन्तर्राष्ट्रिय रेडियोमा काम गरेको नवौं वार्षिकोत्सव हो। उक्त दुइवटा सम्मेलनसम्बन्धी रिपोर्ट कार्यमा सहभागी भएको कुरा मेरो लागि गौरवको कुरा नै हो। यसो हुनाले उक्त सम्मेलनको अवधिमा सम्मेलनसम्बन्धी विविध ज्ञानबारे हाम्रा श्रोताहरुसमक्ष विस्तृत जानकारी दिनसक्ने आशा मैले गरेकी छु।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040