china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    रवि
    (GMT+08:00) 2008-03-10 14:53:59    

                चिनियाँ जन-राजनीतिक परामर्शदातृ सम्मेलनको एघारौं राष्ट्रिय समितिको पहिलो अधिवेशन सफलताका साथ सम्पन्न भएको छ। यसका साथै, एघारौं राष्ट्रिय जन-कांग्रेस स्थायी समितिको पहिलो अवधिवेशन पनि सम्पन्न हुनलागेको छ। चिनियाँ अन्तर्राष्ट्रिय रेडियोका पत्रकारको हैसियतले मलाई यी दुइवटा अधिवेशन चीनको सुधार तथा खुलापनको नीति अवलम्बन भएको तीसौं वार्षिकोत्सव तथा पैचिङ ओलम्पिक खेलकुदको आयोजना हुने वर्ष आयोजित भव्य अधिवेशन हुनुका साथै दिन प्रतिदिन खुला हुँदैआएको चीनमा आयोजित अरु खुला अधिवेशन भएको अनुभव भएको छ।

                यस पटकका यी दुइवटा अधिवेशनमा धेरै पटकको "पहिलो पटक" सिर्जना गरिएको छ: चिनियाँ जन-राजनीतिक परामर्शदातृ सम्मेलन राष्ट्रिय समितिका सदस्यहरुको परिचय पहिलो पटक दिइएको छ, चिनियाँ जन-राजनीतिक परामर्शदातृ सम्मेलन राष्ट्रिय समितिको अधिवेशनको कारवाई पहिलो पटक प्रत्यक्ष प्रसारण गरिएको छ, रेडियो तथा टेलिभिजन संकेतहरु पहिलो पटक संचार माध्यमहरुलाई निःशुल्क उपलव्ध गराइएको छ। यसका साथै, यी दुइवटा अधिवेशनको प्रेस केन्द्रले विदेशी पत्रकारहरुलाई झन-झन बढी सुविधा उपलव्ध गराएको छ: विदेशी पत्रकारहरुका लागि खुल्ला सम्मेलनहरुको संख्या बढेको छ भने अरु बढी प्रतिनिधिहरुसँग कुराकानी गर्न सहायता दिइएको छ जसले यी दुइवटा अधिवेशन अरु खुला तथा पारदर्शी भएको कुरा प्रष्ट भएको छ।

               यी दुइवटा अधिवेशन अरु पारदर्शी भए मात्र चीनको प्रजातान्त्रिक तथा राजनीतिक प्रक्रियालाई अघि बढाउनसकिने छ। दुइवटा अधिवेशन अरु खुला भएको कुराबाट शान्तिपूर्ण विकासको लक्ष्यलाई साकार तुल्याउनेतर्फ चीन अझ आत्मविश्वासका साथ अघि बढिरहेको कुरा प्रतिबिम्बित भएको छ।

               यस वर्ष चीनमा सुधार तथा खुलापनको नीति लागू भएको तीसौं वर्ष हो। सुधार तथा खुलापनको नीति चीनको पुनरुत्थानको महान लक्ष्यलाई साकार तुल्याउन आवश्यक कदम भएको कुरा वास्तविकताबाट प्रमाणित छ। पहिलेको तुलनामा अरु खुला भएका यी दुइवटा अधिवेशनले सुधार तथा खुलापनको प्रक्रियालाई जारी राख्न, वैज्ञानिक विकासको क्रमलाई अघि बढाउन, समाजमा मेलमिलापको वातावरणलाई अघि बढाउनका लागि महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास मैले गरेको छु।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040