अखिल चीन नागरिक वायु सेवा ब्यूरोका उप-प्रमुख याङ्ग को छिङ्गले हिजो पैचिंगमा बोल्दै एउटा पुनः जडान गरिएको चीनको विमानले ओलम्पिकको पवित्र राँको ओसार-पसार गर्ने र विमानद्बारा ओलम्पिकको पवित्र राँको पुर्याइने यात्रा सबैभन्दा लामो हुने रेकर्ड सिर्जना गर्ने कुरा बताउनुभयो।
यस महिनाको 24 तारिखका दिन पैचिंग ओलम्पिक खेलकुदको पवित्र राँको ग्रीस ओलम्पियाको भग्नावशेषमा सल्काइने छ। त्यसपछि ओलम्पिकको आगो पहिलो पटक चीनको विमानद्बारा ग्रीसबाट विश्वका 21 वटा शहरहरु र चीनका एक सयभन्दा बढी शहरहरुमा पुर्याइने छ।
|