हालसम्म विश्वका एक सयभन्दा बढी राष्ट्रनायक र सरकार प्रमुखहरुले पेइचिङ्ग ओलम्पिक खेलकुदमा सहभागी हुनुहुने विचार व्यक्त गर्नुभएको छ। चिनियाँ उप-परराष्ट्रमन्त्री उ दाइ वैले आज पेइचिङ्गमा उक्त कुरा बताउनुभएको हो।
उहाँका अनुसार, यो संख्या दिन प्रतिदिन बढ्दैआएको छ।
ओलम्पिक खेलकुद उद्घाटन समारोह दिन प्रतिदिन नजिक आउनुका साथसाथै पेइचिङ्ग ओलम्पिक खेलकुदका सन्दर्भमा धेरै मुलुकका वरिष्ट व्यक्तिले स्पष्ट र सकारात्मक धारणा व्यक्त गर्नुभएको छ।
श्री उ दाइ वैका अनुसार, ओलम्पिक खेलकुद विश्वभरिका जनताको एउटा ठूलो खेलकुद समारोह हो, र पेइचिङ्ग ओलम्पिक खेलकुदको सफल आयोजना विभिन्न मुलुकका जनताको साझा इच्छा पनि हो ।
29औं ओलम्पिक खेलकुद आगामी अगष्ट महिनाको आठ तारिखका दिनदेखि पेइचिङ्गमा शुरु हुनेछ।
|