
चीनको कृषि मन्त्रालयका प्रथम अर्थविद श्रीमती चाङ यु स्याङले आज पैचिङ्गमा बोल्दै चिनियाँ कृषि उत्पादित वस्तुको गुणस्तर समष्टिगत रुपमा सुरक्षित भएको कुरा बताउनुभएको छ।
चिनियाँ जन-कांग्रेस स्थायी समितिको एघारौं राष्ट्रिय समितिको पहिलो सम्मेलनसम्बन्धी सामूहिक अन्तर्वार्तामा अर्थविद चाङले चीनले कृषि उत्पादित वस्तुको गुणस्तर तथा सुरक्षामा ठूलो महत्व दिँदैआएको र विशेष गरी गत वर्ष ठूलो परिधिमा ती उत्पादित वस्तुको गुणस्तर तथा सुरक्षा सम्बन्धी विशेष परिक्षण गरिएको जानकारी दिनुभएको छ। उहाँका अनुसार, विशेष परिक्षण गरिएपछि चिनियाँ कृषि उत्पादित वस्तुको गुणस्तर उकासिएको देखिन्छ।
थाहा भएअनुसार, जापानबाट गरिएको जाँचमा गत वर्ष चीनबाट जापानतिर निर्यात कृषि उत्पादित वस्तु पारित हुने दर अन्तर्राष्ट्रिय मापदण्डभन्दा राम्रो हुनुका साथै अमेरिका तथा यूरोपको भन्दा पनि राम्रो भएको छ।
|