china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    दुइवटा अधिवेशनबारे सक्रिय श्रोता मित्र लक्ष्मी लम्सालको शुभकामना
    (GMT+08:00) 2008-03-10 19:10:48    
              चिनियाँ राष्ट्रिय जन कांग्रेस र चिनियाँ राजनैतिक परामर्शदात्री सम्मेलनको वार्षिक अधिवेशन आम विश्वसमुदायका लागि चासोको विषय रह्यो।

              मार्च तीन तारिखदेखिको ती सम्मेलनका भावी नीति तथा कार्यक्रमहरु केवल चिनियाँ जनताका लागि मात्र नभइ समग्र विश्वका लागि नै उदीयमान शक्तिशाली राष्ट्र चीन आकर्षकको केन्द्र बनेकोमा दुइमत नहोला।

              जन कांग्रेस जन गणतन्त्र चीनको सर्वोच्च निकायका साथै जनतामा निहित राज्य सत्ताको सर्वोच्च अङ्ग भएकाले पनि यसतर्फ विश्वको आंखा केन्द्रीकृत भएको हुनुपर्छ।

              जनगणतन्त्र चीनको संविधानमा फेरबदल गर्ने, संविधान संशोधन गर्ने, जनमुखी बनाएर नीतिहरुको कार्यान्वयन गर्ने, समग्र चीनको आर्थिक, सामाजिक विकासका साथै लेखाजोखा र अनुमोदन गर्ने यो सम्मेलनको विशेषता रहेकाले पनि म एक संचारकर्मी र छिमेकी मुलुकको हितैषी भएकाले पनि यो चासोको विषय बन्यो।

              यसले भावी कार्यकालका लागि अध्यक्ष, उपाध्यक्ष, सदस्यहरु लगायतको मनोनयन गर्ने, युद्ध र शान्ति तथा विश‌वसमुदायमा चीनले निर्वाह गर्ने भूमिका लगायतका विषयमा पनि ठोस पहल गर्ने कुरा अधिवेशनको पूर्वसन्ध्यामा नै मलाई लागिसकेको थियो।

              यस्तै चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको वार्षिक अधिवेशनले दलहरु बीचको आपसी सहयोग र राजनितिक परामर्श उपलब्ध गराउने निकाय भएकाले पनि यो अधिवेशन ध्यानाकर्षण गराउन सक्षम रह्यो।

             ओलम्पिक खेलकूदलाई भव्य र सौहार्दपूर्ण बनाउने अपेक्षाका साथ अधिवेशनले यसमा पनि ठोस निष्कर्ष निकाल्ने अपेक्षा सहित म अधिक रोमाञ्चक बनेको थिएँ।

             मेरो विश्वास र अपेक्षा सहित सम्मेलनका साथै विश्व इतिहासको अत्यन्त सन्सशीपूर्ण ओलम्पिकको सफलताका लागि मुरी मुरी शुभकामना

            लक्ष्मी लम्साल

            गोर्खा एफ एम तेह्र मेघाहर्ज

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040