
चीनको सर्वोच्च जन-न्यायाधिवक्ताको कार्यालयका प्रमुख च्या ठुन वाङ्गले आज दश तारिखका दिन पैचिङ्गमा बोल्दै विगत पाँच वर्षमा चीनका विभिन्न स्तरका न्यायाधिवक्ता कार्यालयहरुव्दारा वातावरणीय श्रोत-साधन र बौद्धिक सम्पत्ति अधिकारको संरक्षणलाई जोडतोडसित सबल पार्दैआएको कुरा बताउनुभयो। उहाँले नयाँ राष्ट्रिय जन-कांग्रेसको पहिलो वार्षिक नियमित सम्मेलनमा कार्य-निवेदन प्रस्तुत गर्दै उक्त कुरा बताउनुभएको हो।
उहाँको भनाइअनुसार, विगत पाँच वर्षमा चीनका न्यायाधिवक्ता कार्यालयहरुले आर्थिक बजारको अनुशासन र वातावरणीय संरचनामा आधात पुर्याएका अपराधीहरुलाई दृढताका साथ सजाय दिंदैआएका छन। त्यस क्रममा भयङ्कर प्रदूषण गरेका, अवैधानिक रुपमा खानी खनेका आदिका सैंतीस हजारजना अपराधी र बौद्धिक सम्पत्ति अधिकारमाथि आक्रमण गरेका छ हजार तीन सयभन्दा बढी शंकास्पद व्यक्तिहरुलाई पक्राउ गर्न अनुमोदन दिएका थिए।
उहाँको भनाइअनुसार, विगत पाँच वर्षमा चीनका न्यायाधिवक्ता कार्यालयहरुले वफादारीसाथ संविधान र ऐनव्दारा सुम्पिइको कार्याभारको वहन गर्दैआएका छन।
|