पेइचिङ्ग चालु चिनियाँ राष्ट्रिय जनकंग्रेस स्थायी समितिको नियमिति अधिवेशन तथा जनराजनीतिक परामर्शदात्री सम्मेलनको एघारौँ राष्ट्रिय समितिको पहिलो अधिवेशनप्रति नेपाली सञ्चार माध्यमका प्रमुखहरुले शुभकामना व्यक्त गरेका छन्।
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष ओम शर्माले यी दुई संस्थाको अधिवेशनले चीनको प्रगति तथा उन्नतिमा प्रभावकारी भूमिका खेल्ने बताउँदै चीनको प्रजातन्त्र र एकीकरणका बारेमा भइरहेको बहसले सार्थकता पाउने आशा प्रकट गर्नुभयो। संस्थानका अध्यक्ष शर्माले भन्नुभयो चीनका यी दुईवटा ठूला अधिवेशनले चीनमा मात्र होइन संसारमै महत्व रहने भएकाले यसको प्रभाव नेपालमा पनि पर्नु स्वाभाविक हो।
सूचना तथा सञ्चार मन्त्री कृष्ण बहादुर महराका प्रेस सल्लाहकार महेश्वर दाहालले चिनियाँ दुई ठूला संस्थाका चालु अधिवेशनमा किसान तथा मजदुरको साँचो उपस्थिति हुनु हामी सबैका लागि गर्वको कुरा हो भन्नुभएको छ। उहाँले नयाँ चीनले समाजवादी बाटो लिएको छ भन्ने कुरा पनि यस परिपाटीबाट थाहा हुन्छ भन्ने मन्तव्य राख्तै दुवै अधिवेशन ऐतिहासिक रुपमा सफल हवोन् भन्ने शुभकानमना राख्नुभएको छ।
कान्तिपुर प्रकाशनका अध्यक्ष हेमराज ज्ञवालीले चिनियाँ राष्ट्रिय जनकांग्रेस स्थायी समितिको नियमित अधिवेशन तथा चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको एघारौँ राष्ट्रिय समितिको पहिलो अधिवेशन चीनको राजनीति तहमा सबैभन्दा महत्व बोक्ने राष्ट्रिय विषय हुन् भन्नुभएको छ। उहाँले नेपाली सञ्चार माध्यमले पनि यी अधिवेशनहरुको प्रचारप्रसारमा प्राथमिकता दिएको बताउँदै भन्नुभयो चीनले आर्थिक तथा औद्योगिक सफलतासँगै विश्वमा नवीन शक्ति हासिल गराउने कुरामा यी अधिवेशनहरु सफल होउन् भन्ने शुभकामना दिन चाहन्छु।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|