china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    भ्रष्टाचारको विरोध र कर्त्तव्यनिष्ठको विस्तार हाल आयोजित भइरहेका दुइटा अधिवेशनका केन्द्रीय विषय
    (GMT+08:00) 2008-03-10 20:44:49    
          हाल चीनको सर्वोच्च राष्ट्रिय आधिकारिक संस्था- राष्ट्रिय जन-कांग्रेसको वार्षिक नियमित अधिवेशन पैचिंगमा भइरहेको छ। सर्वसाधारण रैथानेदेखि लिएर सरकारी पदाधिकारीहरुसमेत सबैले यो जनताको आवाज सुन्ने र जन-इच्छाबारे जानकारी लिने एक सम्मेलन हो भनेका छन। हाल चिनियाँ सर्वसाधारणहरुले ध्यानाकर्षण गरेका सामाजिक चर्चित विषयहरु के हुन् त? हालै चिनियाँ सिंग व्हा नेटले सार्वजनिक गरेको एक जाँच-बुझको नतीजाबाट के कुरा प्रष्टसँग देखिएको छ भने "बजार भाउ"र "घरबार"जस्ता सर्वसाधारण मानिसहरुको हितसित सम्बन्धित समस्याहरु बाहेक "भ्रष्टाचारको विरोध र कर्त्तव्यनिष्ठको विस्तार" चालू दुइवटा अधिवेशनमा चिनियाँ नागरिकहरुले सबैभन्दा ध्यान पुर्‍याएका विषयहरुमध्येको एक बनेको छ। सर्वसाधारण नागरिकको आवाज सुनौं- बूढो ली वन शिंगले भन्नुभयो-

         "भ्रष्टाचार एकदमै खतराजनक छ। यसले प्रत्यक्ष रुपमा हामी व्यापक सर्वसाधारण नर-नारीहरुको मूलभूत हितमा क्षति पुर्‍याउँछ। साथै, यसबाट सरकारको छवीमा पनि नराम्रो असर पर्नसक्छ। हामी साधारण मानिसहरु भ्रष्टाचारलाई ज्यादै घृणा गर्छौं"।

          सर्वसाधारण नर-नारीको आवाज उनीहरुबाट छनौट गरिएका प्रतिनिधिहरुले राष्ट्रिय जन-कांग्रेसको वार्षिक अधिवेशनसमक्ष ल्याएका छन्। र यो पनि राष्ट्रिय जन-कांग्रेसको अधिवेशनमा सहभागी भएका प्रतिनिधिहरुले बढी चर्चा गरेको विषय बनेको छ। राष्ट्रिय जन-कांग्रेसका प्रतिनिधि एवम् स् छ्वान प्रान्तीय जन-न्यायाधिवक्ता तङ छ्वानले भन्नुभयो-

         "भ्रष्टाचार विरोधी कार्य राम्ररी गर्न नसकिएमा आर्थिक विकास र सामाजिक मेलमिलापमा नकारात्मक असर पर्नेछ। त्यसैले जो कोहिसित आबद्ध भए पनि हामीले दृढताका साथ मुद्दा नछिनुन्जेल छानबीन गरिरहनेछौं र भ्रष्टाचारी तत्वलाई ऐन बमोजिम कारवाई गर्नेछौं। साथै भ्रष्टाचारसम्बन्धी छानबीन र केरकार गर्ने कार्यलाई कदापि कमजोर पार्दैनौं"।

          प्रतिनिधिहरुको आवाजको होस्टेमा सरकारले सक्रियताका साथ हैंसे गरेको छ। राष्ट्रिय जन-कांग्रेसको वर्तमान अधिवेशनमा नै चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका स्थायी सदस्य एवम् केन्द्रीय अनुशासन अनुगमन समितिका सचिव ह को छ्याँगले भ्रष्टाचार विरोधी चीनको दृढतालाई फेरि दोहर्‍याउँदै भन्नुभयो-

         "हालको अवधि बढी र सजिलैसँग भ्रष्टाचार हुनसक्ने अवधि हो। त्यसैले भ्रष्टाचार विकसित हुने प्रवृत्तिलाई दवाउनुपर्ने काम गर्नु अति जरुरी छ। भ्रष्टाचार गर्ने व्यक्तिको विरोध गर्ने दिशामा भेट्टाउनासाथ कारवाई गरिहाल्नुपर्छ। त्यस्तो मानिसलाई कदापि क्षमा गर्दनौं र कारवाई गर्दा कदापि कमजोरी देखाउँदैनौं।

          भ्रष्टाचार विरोधी कार्यमा चीन सरकारले सचेतता र दृढता लिनुका साथै ठोस बर-बन्दोबस्त पनि मिलाएको छ। चिनियाँ सर्वोच्च जन-महान्याधिवक्ता च्या छुन वाँगले दश तारिखका दिन राष्ट्रिय जन-कांग्रेसको वार्षिक अधिवेशनसमक्ष दिनुभएको कार्य-प्रतिवेदनमा अकाट्य अङ्कमार्फत सम्बन्धित सशक्त प्रमाण दिनुभयो।

          भ्रष्टाचार नियन्त्रण र कारवाई एकातिरको कुरा मात्र हो। झन् महत्वपूर्ण कुरा भनेको भ्रष्टाचारको पूर्व प्रतिरोध गर्नु हो। यसका लागि गत वर्षको सेप्टेम्बर महिनामा चीनमा भ्रष्टाचार विरोधी राष्ट्रिय पूर्व-प्रतिरोध संस्था अर्थात राष्ट्रिय भ्रष्टाचार पूर्व-प्रतिरोध ब्यूरोको पैचिंगमा औपचारिक रुपमा स्थापना गरियो।

          सर्वसाधारण नर-नारीहरुले सरकारप्रति गरेको विश्वासबाट सरकारले झन् दृढ संकल्प लिएको छ। चिनियाँ प्रधानमन्त्री वन च्या पाउले राष्ट्रिय जन-कांग्रेसको वर्तमान वार्षिक अधिवेशनको उद्‍घाटन समारोहलाई सम्बोधन गर्दै भन्नुभयो-

         " भ्रष्टाचारको विरोध र कर्त्तव्यनिष्ठको विस्तार गर्ने कुरालाई झन् टड्कारो स्थानमा राख्नुपर्छ र भ्रष्टाचार विरोधी झण्डालाई झन् उच्च पार्नुपर्छ। हामीले बाहिरी रुप र भित्री गुदी गरी दुबैतर्फबाट समग्रमा व्यवस्थापन गर्नुपर्छ, साथै सजाय दिने र भ्रष्टाचारको पूर्व-प्रतिरोध प्रणालीको निर्माण गर्ने कार्यलाई अगाडि बढाउनुपर्छ"।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040