china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    उर्जा शक्तिको किफायत गर्न र प्रदूषणलाई न्यूनीकरण गर्न चीन दृढ
    (GMT+08:00) 2008-03-11 19:49:00    
          "हाम्रो उर्जा श्रोतमा अत्यन्तै अभाव छ र वातावरण संरक्षणतर्फको स्थिति ज्यादै गम्भीर छ" भन्ने जस्ता कुराहरु विगत केही वर्षदेखि आयोजित भएका राष्ट्रिय जन काँग्रेस र परामर्शदातृ सम्मेलनका दुइवटा अधिवेशनहरुमा बारम्बार सुन्न पाइने विषयहरु रहिआएका छन्। यस पटकको दुइवटा अधिवेशनमा पनि उर्जा शक्तिको कसरी किफायत गर्ने, प्रदूषित वस्तुलाई कसरी न्यूनीकरण गर्ने र हावापानीलाई कसरी झन् ताजा, आकाशलाई झन् नीलो र पानीलाई झन् स्वच्छ बनाउने कुराहरु फेरि एक पटक सभासद्‍ प्रतिनिधि र सदस्यहरुवीच ध्यानाकर्षित विषयहरु बनेका छन्।

          जन राजनीतिक परामर्शदातृ सम्मेलन राष्ट्रिय समितिका सदस्य वाँग शी वातावरण ऐन सम्बन्धी विशेषज्ञ हुनुहुन्छ। उहाँ भन्नुहुन्छ-

         "उर्जा शक्तिको किफायत गर्ने र प्रदूषणलाई न्यूनीकरण गर्ने नीतिलाई हाल चीनका विभिन्न ठाउँले सक्रियताका साथ व्यवहारमा उतारिरहेका छन्। गत वर्ष चीनमा राष्ट्रिय गार्हस्थ उत्पादनका लागि प्रति एकाईमा उर्जा शक्तिको कम खपत गर्ने र प्रमुख प्रदूषित वस्तु छोड्ने दुवैतर्फको मात्रा पहिलो पटक तल झरेको देखियो। यसबाट उर्जा शक्तिको किफायत गर्ने र प्रदूषणलाई न्यूनीकरण गर्ने नीतिमा सफलता हासिल भएको प्रमाणित भएको छ"।

          चीन सरकारले यस कार्यका लागि पहिलेदेखि नै सर्वतोमुखी पाराबाट बर-बन्दोबस्त मिलाउन थालेको थियो। उर्जा शक्तिको किफायत गर्ने र प्रदूषणलाई न्यूनीकरण गर्ने सम्बन्धी अङ्क संकलन गर्ने, जाँचबुझ र सर्भेक्षण गर्ने, निर्धारित लक्ष्यलाई भेट्टाउन गरिने जाँच प्रणाली र बेहोरिने जिम्माको जाँच र मूल्याङ्कन परिपाटीको स्थापना गर्ने कामबाट बनौटलाई तह मिलाउने कार्य ठूलो मात्रामा सशक्त भएको छ।

          विभिन्न स्थानीय सरकारले पनि यस कार्यलाई आफ्नो महत्वपूर्ण कामकाज ठहर्‍याएका छन्। उद्योग प्रधान रहेको उत्तर पश्चिमी चीनको कान सु प्रान्तका प्रमुख श्यू शौ शंगले भन्नुभयो-

         "हामीले बढी प्रदूषण र उर्जा श्रोतको बढी खपत भएका केही उद्योग व्यवसायहरुलाई बन्द गरेका छौं। हामीले धेरै ससाना खालका कागज कारखाना, धातु प्रशोधन कारखाना, शिशा र जस्ता कारखाना र सिमेन्ट कारखानाहरुलाई बन्द गरिसकेका छौं। साथै प्रान्तभरि सुरक्षित उत्पादन गर्ने पूर्वाधार नभएका एक हजार तीन सयवटाभन्दा बढी ससाना कोइला खानीलाई पनि बन्द गरेका छौं"।

          त्यसै गरी विभिन्न इलम व्यवसाय र विभिन्न निकायहरु पनि उर्जा शक्तिको किफायत गर्ने र प्रदूषणलाई न्यूनीकरण गर्ने पंक्तिमा संलग्न भएका छन्।

          यसको धारणा प्रत्येक सर्वसाधारण चिनियाँहरुको मनमा पनि भिजिसकेको छ। पैचिंगबासी चाउ यिंग छुनले भन्नुभयो-

         "उर्जा शक्तिको किफायत गर्नु मेरो दैनिक जीवनको बानी बनेको छ। मेरो विचारमा पानी र विजुलीको कम खर्च गर्ने र एक दिन कम गाडी चलाउने कुराबाट सर्वसाधारणको स्वास्थ्यका लागि हितकर छ। खास गरी यस वर्ष ओलिम्पिक खेलकूद शुरु हुन लागेको छ। हामी प्रत्येक चिनियाँले आफ्नो दिमागमा उर्जा शक्तिको किफायत गर्ने विचारधारा बसाउनुपर्छ"।

         त्यस्तै अर्कोतर्फ यस कार्यमा अझै केही समस्याहरु पनि मौजूद रहिरहेका छन्। राष्ट्रिय विकास र सुधार आयोग समितिका उप प्रमुख शे चन व्हाले औंल्याउनुभयो- हाल उद्योग व्यवसायले आफू खुशी स्वतः स्फुर्त रुपमा यस कार्य गर्ने विषयको सक्रियता अझै कम देखिन्छ।

          चीनका प्रधानमन्त्री वन च्या पाउले यस अधिवेशनको उद्‍घाटन समारोहलाई सम्बोधन गर्दै उर्जा शक्तिको किफायत गर्ने र प्रदूषणलाई न्यूनीकरण गर्ने सम्बन्धी दश सूत्रीय प्रभावकारी माध्यम प्रष्टसंग प्रस्तुत गर्नुभएको छ।

          चीन सरकारको यस दृढ संकल्प र सशक्त कदमबाट अन्तर्राष्ट्रिय समाजले प्रशंसा गरेको छ। राष्ट्रिय जन काँग्रेसको अधिवेशनमा वैकल्पिक रुपमा सहभागी हुनुभएका चीनका लागि टाँजानियाली राजदूत ओमार रामाधान मापुरीले भन्नुभयो-

         "सरकारी कार्य प्रतिवेदनमा उल्लेखित योजनाबाट चीनको आर्थिक विकासको अरु प्रबर्द्धन मिल्नेछ। चीन आर्थिक विकासका लागि मात्र होइन अझ सन्तुलित विकास र वातावरण संरक्षणका लागि पनि प्रयासरत् छ। यो चीन र तमाम विश्वका लागि नै महत्वपूर्ण छ"।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040