china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    सन् 2010 सम्ममा मुख्य प्रदूषण निकाल्ने मात्रालाई दश प्रतिशत न्यून पार्ने लक्ष्यलाई साकार तुल्याउन चीन दृढ
    (GMT+08:00) 2008-03-11 12:29:39    

           अखिल चीन राष्ट्रिय वातावरण संरक्षण ब्यूरोका उप-प्रमुख चाँग ली च्युनले सन् 2005 को दाँजोमा सन् 2010 सम्ममा मुख्य प्रदूषण निकाल्ने मात्रालाई दश प्रतिशत न्यून पार्ने लक्ष्यलाई साकार तुल्याउने दृढ संकल्प चीनले लिएको कुरा व्यक्त गर्नुभएको छ।

            उहाँले आज पैचिंगमा एघारौं चिनियाँ राष्ट्रिय जन-कांग्रेसको पहिलो अधिवेशनबाट आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

            चीन सरकारले प्रदूषक वस्तु कम निकाल्ने कार्यमा महत्वपूर्ण ध्यान पुर्‍याउँदैआएको छ भन्दै उप-प्रमुख चाँगलेगत वर्ष चिनियाँ राज्य परिषद्‍ले ऊर्जा किफायत गर्ने र प्रदूषण न्यून गर्ने विषयक समग्र कार्य-योजना तथा सम्बन्धित अङ्क संकलन गर्ने, जाँच गर्ने र सर्भेक्षण गर्ने प्रस्ताव र तरिका सार्वजनिक गरेको थियो भन्नुभयो।

            उप-प्रमुख चाँगका अनुसार, चीनका विभिन्न स्थानीय सरकारले पनि यस कार्यमा महत्वपूर्ण ध्यान पुर्‍याउँदै प्रदूषण न्यून पार्न निर्धारित लक्ष्यलाई पूरा गर्ने जिम्मा खास-खास व्यक्ति र खास-खास निकायमा निश्चित गरेका छन्। ती सब पाइलाहरुले गर्दा सन् 2010 सम्ममा मुख्य प्रदूषण उत्सर्जनको मात्रालाई दश प्रतिशत न्यून पार्ने लक्ष्यलाई साकार तुल्याउने लक्ष्य पक्कै पनि पूरा हुनेछ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040