china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बतको विकासको तथ्यलाई बंग्याउने छुट दिदैनौः परराष्ट्र मन्त्रालयका प्रवक्ता
    (GMT+08:00) 2008-03-11 19:40:02    

            चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङ्गले आज एघार तारिखका दिन पैचिङ्गमा बोल्दै तिब्बत स्वायत्त प्रदेशसित सम्बन्धित दलाईको करनीको खण्डन गरी तिब्बतको विकासको तथ्यलाई बंग्याउने छुट नदिइने कुरा बताउनुभएको छ।

            उहाँले पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै युगको विकास हुँदैछ, तिब्बतको विकसित प्रवृतिलाई कसैले पनि परिवर्तन गराउनसक्दैन भन्नुभयो।

            उहाँले तथ्य कुरालाई बंग्याउने, र कहाँसम्म भने, तिब्बतकफ समस्यालाई पैचिङ्ग ओलम्पिक खेलकुदसित जोडी ओलम्पिक खेलकुदलाई राजनीतिकण गर्ने आदि कुचेष्टा अवश्यनै विफल हुने छ भन्नुभयो।

           उहाँले तिब्बत स्वायत्त प्रदेश शान्तिपूर्ण रुपमा मुक्त भएपछि जरैदेखि परिवर्तन भएको छ। अझ विशेष गरी पछिल्ला केही वर्षमा केन्द्रीय सरकारले जोडतोडसित तिब्बतलाई सहयोग गरेकाले तिब्बतको आर्थिक विकास, सामाजिक स्थायित्व, जातीय एकता, धार्मिक मेलमिलाप हुँदैछ। यो सर्वविदितै कुरा हो। दलाइले इतिहास र वर्तमान तथ्य कुराहरुमाथि नजर पुर्‍याई वास्तविक व्यवहारमा तिब्बतका जनताका लागि हितकर कामकाज गर्ने आशा प्रवक्ताले व्यक्त गर्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040