चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङ्गले आज पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै आतंककारीहरु अन्तर्राष्ट्रिय समाजका साझा शत्रु भएकाले यिनीहरुमाथि प्रहार गर्ने क्रममा अन्तर्राष्ट्रिय समाज एक गठ हुनुपर्छ भन्नुभएको छ।
जनवरीमा चीनको सिन्च्याङ्गका प्रहरीहरुले "पूर्वी टर्किस्तान इस्लामिक आन्दोलन"व्दारा सिन्च्याङ्गमा रचिएको आतंककारी घटनालाई विफल तुल्याएका थिए।
उहाँले पत्रकारबाट सोधिएको सम्बन्धित प्रश्नको जवाफ दिंदै "पूर्वी टर्किस्तान इस्लामिक आन्दोलन"लाई संयुक्त राष्ट्र संघले आतंककारी संगठनहरुको सूचीमा समावेश गरिसकेको छ भन्नुभयो। ती आतंककारीहरु युगुर जातिका व्यापक नागरिकहरुको प्रतिनिधित्व होइनन, युगुर जातिका देश-बन्धुहरुले समस्त चीनका जनताले गर्दैआएको जस्तै दृढताका साथ धार्मिक अति उग्रवादी शक्ति र पृथकतावादी शक्तिहरुको विरोघ गर्दैआएका छन्।
|