china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको राष्ट्रिय पौडी केन्द्रको निर्माण कार्य पूरा भएको विषयको दोश्रो भाग
    (GMT+08:00) 2008-03-11 08:45:44    

          प्राप्त जानकारीअनुसार "वाटर क्युब" नाउँको यस रंगशालासँग अनेकौं "पहिलो" र "सबभन्दा" जोडिएका कुराहरु छन्। त्यसको क्षेत्रफल र क्षमताको दृष्टिबाट हेर्दा त्यसको बाहिर भागमा जोडिएको बाक्लो प्लाष्टिक कपडारुपी रंगशालाहरुमा सबभन्दा ठूलो छ र सबभन्दा जटिल छ।

          वाटर क्युब परियोजनाका प्रधान इन्जिनियर श्रीमती छन लै भन्नुहुन्छः

          हामी खुशीले गदगद भएका छौं। विगत चार वर्षमा हामीले निकै परिश्रमका साथ काम गर्‍यौं। सो परियोजनाको क्षेत्रफल असी/नब्बे हजार वर्ग मिटर मात्र भए पनि त्यसको बनौटको जटिलताका कारण त्यो अव्दितीय छ। त्यसै भएको हुनाले म आफ्ना भावनाहरु भाषामार्फत व्यक्त गर्न सक्दिन।

          थाहा भएअनुसार, सो रंगशाला हङ्ग कङ्ग, मकाउ र थाइवानका देश-बन्धुहरु र विदेशमा बसोबास गरिरहेका चिनियाँ प्रवासी र चिनियाँ मूलका विदेशीहरुद्वारा प्रदान गरिएको चन्दाद्वारा निर्माण गरिएको एउटा रंगशाला हो। त्यस रंगशालामा सत्र हजार स्थान छन्। तिमध्ये छ हजार स्थान स्थायी छन भने एघार हजारवटा अस्थायी। उक्त परियोजनाको निर्माणका लागि खर्च गरिएको रकमबारे चीनका डिजानर चङ्ग फाङ्ग भन्नुहुन्छ-

          यस परियोजनाका लागि गरिएको अनुमान अनुरुप त्यसको कूल लगानी एक अरब दुई करोड असी हजार चिनियाँ युआन पुगेको छ।

          उक्त परियोजनाका कार्यकारी प्रधान इन्जिनियर श्रीमती छन लैको भनाइअनुसार, उक्त रंगशालामा पानी आपूर्ति गर्ने मुहान पूराका पूरै अन्तर्राष्ट्रिय ओलम्पिक आयोगको मागअनुकुल छ र त्यो पानी प्रशोधन नगरिकनै खान सकिन्छ।

          थाहा भएअनुसार, पैचिङ्ग ओलम्पिक खेलकुदपछि उक्त रंगशालाको सुधार गरिने छ। त्यस बेला त्यो तालिम दिने, मनोरन्जन कार्यक्रम गर्ने र कसरतसम्बन्धी अनेकौं कार्यक्रमहरुको अन्तर्राष्ट्रिय केन्द्र बन्नेछ।

          जनवरी एकतीस तारिखदेखि फेब्रुअरी पाँच तारिखसम्म सो रंगशालाले पहिलो पटक प्रतियोगितामा सहभागी हुनलागेका चीनका खेलाडीहरुको स्वागत गर्नेछ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040