
चीनिया राष्ट्रिय जनकाँग्रेस र चिनीय राजनीतिक परामर्शदात्री सम्मेलनको वाषिक अधिवेशन आम विश्वसमुदायका लागि चासोको विषय रह्यो । मार्च 3 तारिखदेखिको यो सम्मेलनका भावी नीति तथा कार्यक्रमहरु केवल चीनिया जनताका लागि मात्र नभई समग्र विश्वका लागि नै उदीयमान शक्तिशाली राष्ट चीन आकर्षाकको केन्द्र वनेकोमा दुईमत नहोला । जनकाँग्रेस जनगणातन्त्र चीनको सर्वोच्च निकायका साथै जनतामा निहित राज्य सत्ताको सर्वोच्च अँग भएकाले पनि यसतफ विश्वको आँखा केन्द्रीकृत भएको हुनुपर्छ । जनगणातन्त्र चीनको सँविधानमा फेरबदल गर्ने, सँविधान सँशोधन गर्ने, जनमुखी बनाएर नीतिहरुको कार्यान्वयन गर्ने, समग्र चीनको आर्थिक, सामाजिक विकासका साथै लेखाजोखा र अनुमोदन गर्ने यो सम्मेलनको विशेषाता रहेकाले पनि म एक सँचारकर्मी र छिमेकी मुलुकको हितैषी भएकाले पनि यो चासोको विषाय बन्यो । यसले भावी कार्यकालका लागि अध्यक्षा उपाध्यक्षा, सदस्यहरु लगायतको मनोनयन गर्ने, युद्ध र शान्ति तथा विश्वसमुदायमा चीनले निर्वाह गर्ने भूमिका लगायतका विषायमा पनि ठोस पहल गर्ने कुरा अधिवेशनको पूर्वसन्ध्यामा नै मलाई लागिसकेको थियो । यस्तै चीनिया परमर्शदात्री सम्मेलनको वाषिक अधिवेशनले दलहरुबीचको आपसी सहयोग र राजनीतिक परामर्श उपलब्ध गराउने निकाय भएकाले पनि यो अधिवेशन ध्यानाकर्षाणा गराउन सक्षाम रह्यो । आगामी मार्च 8 तारिखमा हुने ओलम्पिक खेलकुदलाई भव्य र सौहाद्रपूर्णा बनाउने अपेक्षाका साथ अधिवेशनले यसमा पनि ठोस निष्कर्षा निकाल्ने अपेक्षा सहित म अधिक रोमाञ्चक बनेको थिएँ । मेरो विश्वास र अपेक्षा सहित सम्मेलनका साथै विश्व इतिहासको अन्यत्न सन्सनीपूर्णा ओलपिम्कको सफलताका लागि मुरी मुरी शुभकामना ।
लक्ष्मी लम्साल
|