
चिनियाँ परराष्ट्र मन्त्री याँग चे छ्ले शान्तिपूर्ण विकास, आदान प्रदान र विचार विमर्श, पारस्परिक हित र दुवैलाई लाभ तथा सहयोग र मेलमिलाप नै नयाँ अवधिमा चिनियाँ कूटनीतिको नयाँ विचार र नयाँ सुझबुझ हो भन्नुभयो।
उहाँले आज पैचिंगमा भइरहेको एघारौं चिनियाँ राष्ट्रिय जन काँग्रेसको पहिलो अधिवेशन पश्चात आयोजित चिनियाँ र विदेशी पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

चीन अटलअचल भएर शान्तिपूर्ण विकासको बाटोलाई पछ्याउँदै जानेछ भन्दै परराष्ट्र मन्त्री याँगले मुलुक मुलुकबीचको सम्बन्ध बारे काम गर्दा एक अर्काको स्थानमा रहेर सोच गर्नुपर्ने र निष्पक्ष र वस्तुगत रुख-अडान लिएर एक अर्काको समुचित हित र आवश्यकतालाई मान्यता दिनुपर्ने र ख्याल-विचार गर्नुपर्ने कुरा बताउनुभयो।
चीनले विश्वका विभिन्न मुलुकहरुसित मिलेर मेलमिलापपूर्ण शान्तिको स्थापनाका लागि उत्प्रेरित गर्न र विश्वलाई झन् सुमधुर मार्गमा लैजानका लागि झन् ठूलो प्रयास गर्ने इच्छा लिएको कुरा पनि परराष्ट्र मन्त्री याँगले बताउनुभयो ।
|