पैचिङ्ग नगरका उप-प्रमुख एवम् पैचिङ्ग ओलम्पिक खेलकूद संयोजन समितिका कार्यकारी उपाध्यक्ष लीउ चिङ मिनले आज पैचिङ्गमा बोल्दै पैचिङ्ग ओलम्पिक खेलकूद संयोजन समितिले ओलम्पिक खेलकूदको सुरक्षा कार्यमा ठूलो महत्व दिँदैआएकाले सम्बन्धित सुरक्षालाई प्रत्याभूत दिनसकिने कुरा बताउनुभएको छ।
उहाँले चिनियाँ राष्ट्रिय जन-राजनैतिक परामर्शदात्री सम्मेलनको एघारौं राष्ट्रिय समितिको पहिलो सम्मेलनसम्बन्धी पत्रकार सम्मेलनमा उक्त कुरा भन्नुभएको हो।
उहाँले ओलम्पिक खेलकूदको सुरक्षालाई प्रत्याभूत गर्ने केही कदमहरुबारे पनि जानकारी दिनुभएको छ।
|