 चिनियाँ वाणिज्य मन्त्री छन् द मीङ्गले आज पेइचिङ्गमा बोल्दै यस वर्ष चीनमा विदेशी लगानी भित्र्याउने आम परिस्थित निकै राम्रो भएको विचार व्यक्त गर्नुभएको छ।
चिनियाँ जन-कांग्रेसको एघारौं सम्मेलनको पहिलो चरणको सम्मेलनद्बारा गरिएको सामूहिक अन्तर्वार्तामा श्री छन् द मीङ्गले उक्त कुरा बताउनुभएको हो।
उहाँका अनुसार, यस वर्षको जनवरी महिनामा चीनबाट भित्र्याइएको विदेशी प्रत्यक्ष लगानीको रकम गत वर्षको सोही अवधिको तुलनामा एक सय नौ प्रतिशतले बढेको छ। त्यसमध्ये तीन करोड अमेरिका डलरभन्दा बढी लागनी कार्यक्रममा गत वर्षको सोही अवधिको तुलनामा साढे दुइ गुणाले वृद्धि भएको छ जसबाट अन्तर्राष्ट्रिय लगानीकर्ताले चीनको आर्थिक विकासप्रति आशावादी भावना लिएको कुरा देखिएको छ।
चीनमा भित्र्याइएको विदेशी पूंजीको वृद्धिबाट चीनमा लगानी गर्ने वातावरण राम्रो प्रवृत्तितर्फ विकसित हुँदैजाने प्रवृत्ति देखिएको कुरा श्री छन् द मीङ्गले बताउनुभएको छ।
|