पैचिङ्ग नगरको उप-प्रमुख एवम् पैचिङ्ग ओलम्पिक खेलकुद कार्यकारिणी समितिका उपाध्यक्ष लिउ चिङ्ग मिनले आज बाह्र तारिख दिन पैचिङ्गमा बोल्दै विगत छ वर्षको सक्दो प्रयासमार्फत हाल उपर्युक्त दुईवटा समारोहका विभिन्न तयारी कार्यहरु सुचारुरुपमा चलिआएको र तिनीहरुले सफलतासाथ ओलम्पिक खेलकुदको आयोजना गर्नका लागि बलियो आधार बसाल्दैआएको कुरा बताउनुभएको छ।
उहाँको भनाइअनुसार, ती दुईवटा खेलकुदका लागि निर्माण गरिएका रंगशालाहरुको निर्माण कार्य बेरोकटोक चलिआएको छ। सैंतीसवटा रंगशाला वा भवनहरुमध्ये छत्तीसवटाको निर्माण कार्य सम्पन्न भएको छ। ओलम्पिक गाउँ र सञ्चार माध्यमसम्बन्धी प्रबन्धहरु पनि यसै वर्षको पूर्वाधमा पूरा हुनेभएका छन।
|