यतिखेर चीन भ्रमणमा जाने जो कोही नेपालीका लागि सबैभन्दा ठूलो कुरा नै बेइजि ओलम्पिकको तयारी कार्यको अवलोकन गर्नुरहेको छ। पाँचौँ शताब्दीमा बनेको विश्वको सातौँ आश्चर्यमा पर्ने ग्रेटवाल जत्तिकै आकषित भएको बेइजिङ्गको मुख्य वर्डनेष्ट। एकसाता लामो चीन भ्रमण गरेर फर्किएका नेपाली युवा संस्थाका प्रतिनिधिले सि.आर.आई.सँग कुरा गर्दै आफूहरु बेइजि ओलम्पिकको तयारी देखेर आश्चर्यचकित भएको बताए।
नेपाल चाइना फ्रेण्डशीप युथ एसोसिएनका अध्यक्ष प्रकाशबाबु पौडेलले वर्ड नेष्टको आकर्षण हामी सबै नेपाली युवाका लागि अत्यन्त प्रभावित रहेको बताउनुभयो। अध्यक्ष पौडेलले भन्नुभयो बेइजि घुम्न जाने हरेक पर्यटकका लागि ओलम्पिकको तयारी हर्ने अभिलाषा सबैभन्दा तीब्र रहेको छ। हामीले पनि ओलम्पिकको तयारी कार्यको अवलोकन गर्ने मौका पायौं। चिनियाँ अन्तर्राष्ट्रिय मैत्री संघको निमन्त्रणामा विभिन्न चारवटा मैत्री संघका प्रतिनिधिहरुले मार्च तीनदेखि दस तारिखसम्म चीनको भ्रमण गरेका थिए।
अरनिको समाजका अध्यक्ष डा. हरिश्चन्द्र शाह, नेपाल चाइना फ्रेण्डशीप युथ एसोसिएनका अध्यक्ष प्रकाशबाबु पौडेल, नेपाल चीन मैत्री समाजका अध्यक्ष सूर्यलाल तथा नेपाल चीन प्रतिष्ठानका अध्यक्ष सुशील पराजुली भ्रमणमा संलग्न हुनुहुन्थ्यो। नेपाली प्रतिनिधिमण्डलले वेइजिङ्ग सि.आर.आई.को भवनको अवलोकन, ओलम्पिक तयारीको अवलोकन तथा विभिन्न स्थानको अवलोकन भ्रमण गरेको थियो।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|