चीनका प्रधानमन्त्री वन च्या पाउले हालै नयाँ सरकारसमक्ष सरकारी कार्यकारी प्रतिवेदन प्रस्तुत गर्नुभएको छ। यसै बीच हाम्रा धेरै श्रोताहरुले हामीलाई पत्र वा इ-मेल पठाएर उहाँको सरकारी कार्य-प्रतिवेदनको उच्च मूल्यांकन गर्नुभएको छ।
नेपालको ललितपुरमा रहेको कान्तिपुर इन्जिनियरिंग कलेजका विद्यार्थी अशोक अधिकारीले हामीलाई पठाउनुभएको इ-मेलमा भन्नुभएको छः प्रधानमन्त्री वन च्या पाउको प्रतिवेदनबाट चीन विशाल हुँदैआएको देखिन्छ। चीनको जि.डि.पि. द्रुत गतिले बृद्धि हुनुका साथै शिक्षा र स्वास्य क्षेत्रमा पनि महत्वपूर्ण उपलब्धि हासिल गरिएको छ। चिनियाँ जन-राजनैतिक परामर्शदात्री सम्मेलन र चिनियाँ राष्ट्रिय जन-कांग्रेसका वार्षिक अधिवेशन हाल पैचिङ्गमा भइरहेका छन। यी अधिवेशनको सफलताको कामना म गर्दछु। यसका साथै यस वर्ष पैचिंगमा आयोजित हुने औलम्पिक खेल्कुद समारोहको पनि म सफलताको कामना गर्दछु।
|