china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताद्बारा मानव अधिकारको निहुँमा अरु मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप गरेकोमा दृढ विरोध प्रकट
    (GMT+08:00) 2008-03-13 09:22:32    

            चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता छिंग काँगले चीनले समानता र पारस्परिक सम्मानको आधारमा विश्वका विभिन्न मुलुकसित मानव अधिकार सम्बन्धी विषय बारे कुराकानी र आदान प्रदान गर्ने इच्छा लिएको छ तर मानव अधिकारको निहुंमा अरु मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने छूट कुनै पनि मुलुकलाई दिइँदैन भन्नुभयो।

             उहाँले अमेरिकी परराष्ट्र मन्त्रालयबाट हालै चीनको मानव अधिकार सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको विषय बारे पत्रकारको प्रश्नको उत्तर दिंदा उक्त कुरा बताउनुभएको हो।

              प्रवक्ता छिंगले भन्नुभयो- चीन सरकारले मानवको हित र लाभमा आधारित शासन चलाउने आफ्नो धारणामा डटिरहँदै कानून बमोजिम मानव अधिकारलाई कदर र प्रत्याभूति गर्दै मानव अधिकारको प्रबर्द्धन गर्नका लागि अथक प्रयास गर्दै आएको छ। यसका साथै ठूलो सफलता पनि हासिल गरिसकेको छ। यी सबै कुराहरु अन्तर्राष्ट्रिय समाजले स्पष्टसंग देखि पनि सकेका छन्।

             चीनले अमेरिका सरकारलाई स्वयँ आफ्नै मानव अधिकार क्षेत्रको समस्यालाई सही तवरले लिँदै मानव अधिकार सम्बन्धी समस्यामा दोहोरो मापदण्ड नअपनाउन र अरु मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने कुकर्मलाई रोक्न पनि उपदेश दिएको कुरा प्रवक्ता छिंगले प्रकट गर्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040