 चीनका विज्ञान-प्रविधि मन्त्री वान काङ्गले आज तेह्र तारिखका दिन पैचिङ्गमा बोल्दै चीनका मध्यकालीन र दीर्घकालीन वैज्ञानिक-प्राविधिक विकास योजनाहरुमा तोकिएका महत्वपूर्ण वैज्ञानिक र प्राविधिक विशेष परियोजनाहरु यसै वर्ष लागू हुने कुरा बताउनुभएको छ।
उहाँले चिनियाँ र विदेशी पत्रकारहरुसँगको अन्तर्वार्तामा बोल्दै हाल चीन ठूलो ढाँचे विमानहरुको अनुसन्धान गरी बनाउने, आणविक विद्युतको विकास गर्ने, महत्वपूर्ण औषधीको सिर्जना गरी बनाउने, ठूलो ढाँचे तेल र ग्याँस एवम् पत्थर कोइला स्तरका ग्याँसको विकास गर्ने आदि महत्वपूर्ण वैज्ञानिक र प्राविधिक विशेष परियोजनाहरु औपचारिक रुपमा शुरु भई सुचारुपमा संचालन गरिसकिएका जानकारी दिनुभयो।
उहाँको भनाइअनुसार, पछिल्ला केही वर्षदेखि चीनको सिर्जनात्मक वातावरणमा अपेक्षाकृत प्रगति हुँदैआएको देखिन्छ।
|