चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङले आज पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै पूर्वी समुद्रको समस्यासम्बन्धी चीनको अडान तथा धारणाबाट अन्तर्राष्ट्रिय ऐनको समर्थन भएको कुराको पुनर्पुष्टि गर्नुभएको छ।
पूर्वी समुद्रसम्बन्धी समस्यालाई अन्तर्राष्ट्रिय अदालतमा बुझाउने प्रस्ताव जापानले गरेको कुरा जापानी संचार माध्यमले जनाएका छन। उक्त रिपोर्टमा उल्लेखित जापान तथा चीनको अडानबारे के विचार छ भन्ने पत्रकारद्बारा सोधिएको प्रश्नको जवाफ दिँदै प्रवक्ता छिन काङले उक्त कुरा भन्नुभएको हो।
उहाँका अनुसार, संयुक्त राष्ट्र संघीय समुद्री ऐन सन्धिमा तोकिएअनुसार, चीन तथा जापानले सर्वप्रथम वार्तामार्फत मतभेदको समाधान गर्नुपर्छ। अन्तर्राष्ट्रिय सम्बन्धको मूल स्थितिबाट हेरी मतभेदलाई पन्छाइ संयुक्त विकास गर्नु भन्ने विषयबारे सकारात्मक रुपमा अध्ययन गर्नु दुबै पक्षका लागि हितकर भएको ठहर हाल दुबै पक्षले लिएका छन।
|