
चीन राष्ट्रिय गुणस्तर अनुगमन तथा जाँच व्यूरोका प्रमुख ली छाङ च्याङले आज पैचिङ्गमा बोल्दै निरन्तर सुधार गरिएपछि चीनबाट उत्पादित वस्तुको गुणस्तर तथा खाद्यान्नको सुरक्षा स्तर ठूलो मात्रामा उकासिएको कुरा बताउनुभएको छ।
चिनियाँ तथा विदेशी पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले उक्त जानकारि दिनुभएको हो।
उहाँका अनुसार, गत वर्ष चीनमा उत्पादित वस्तुको गुणस्तर तथा खाद्यान्नको सुरक्षासम्बन्धी चार चरणमा विशेष कार्यक्रम चालिएपछि व्यापक सर्वसाधारणहरुको दैनिक जीवनमा आवश्यक पर्ने चामल, पिठो, तेललगायतका खाद्यान्नको जाँचमा पारित हुने दर अन्ठानब्बे दशमलब तीन प्रतिशतले पुगेको छ र जाँचमा सर्वसाधारणको स्वास्थ्य तथा सुरक्षामा संलग्न एघार किसिमको उपभोग्य वस्तुको पारित हुने दर छयानब्बे दशमलब पाँच प्रतिशतले पुगेको छ।
|