
चीन राष्ट्रिय गुणस्तर अनुगमन तथा जाँच व्यूरोका प्रमुख ली छाङ च्याङले आज पैचिङ्गमा बोल्दै पैचिङ्ग ओलम्पिक खेलकूदका अवधिमा खाद्यान्नको सुरक्षालाई प्रत्याभूत गर्न चीनले विविध कदम चालिरहेको कुरा बताउनुभएको छ।
चिनियाँ तथा विदेशी पत्रकारसँगको संयुक्त अन्तर्वार्तामा उहाँले ओलम्पिक खेलकूदका अवधिमा चीनले सबभन्दा उच्च अन्तर्राष्ट्रिय मापदण्ड वमोजिम खाद्यान्नको उत्पादनको व्यवस्था गर्नुका साथै खाद्यान्न प्रदान गर्ने व्यवसायहरु बजारमा प्रवेश गर्दा अझ कडा मापदण्डको पालना गर्नुपर्छ भन्नुभएको छ। यसका अतिरिक्त, चीनले ओलम्पिक खेलकूदको लागि प्रस्तुत खाद्यान्नको ढुवानी, भण्डारण लगायतका सम्पूर्ण प्रक्रियामा जी.पी.एस. भन्ने स्थानको निश्चित गर्ने नियन्त्रण गर्नेछ जसबाट सम्पूर्ण प्रक्रियाको हरेक ठाँउको सुरक्षालाई प्रत्याभूत गर्नसकियोस्।
चीनले ओलम्पिक खेलकूदको लागि प्रस्तुत गरिने खाद्यान्नको आपूर्ति सम्बन्धमा अन्तर्राष्ट्रिय सहयोगलाई सबल पार्ने जानकारी पनि उहाँले दिनुभएको छ।
|