चिनियाँ संस्कृति उप-मन्त्री चाउ ह फिङ्गले आज तेह्र तारिखका दिन पैचिङ्गमा बोल्दै पछिल्ला केही वर्षदेखि चीनले निरन्तररुपमा सार्वजनिक सांस्कृतिक प्रणालीको निर्माणलाई तिव्र पारी टड्कारा उपलव्धिहरु हासिल गरेको कुरा बताउनुभयो।
चिनियाँ र विदेशी पत्रकारहरुसँगको अन्तर्वार्तामा बोल्दै श्री चाउले केही वर्षदेखियता चीनमा एक ठूलो जमातका सार्वजनिक पुस्तकालय, सांस्कृतिक गृह, संग्रहालयन आदि सांस्कृतिक प्रबन्धहरुको निर्माण गर्दैआएको छ भन्नुभयो। उहाँको भनाइअनुसार, सांस्कृतिक कार्यका लागि छुट्याइएको रकमको संख्या वर्षपिच्छे बढ्दैआएको छ र सन् 2001देखि 2006 सम्म समस्त चीनको सांस्कृतिक कार्यका लागि छुट्याइएको कूल रकमको परिमाणको हिसाबबाट हेर्दा हरेक वर्ष दश प्रतिशतले बढेको पाइयो।
त्यसका अतिरिक्त, चीनले समस्त चीनमा सांस्कृतिक सूचनाको श्रोतको सँगसँगै उपभोग्य गर्ने परियोजना पनि लागू गर्दैआएको जानकारी उहाँले दिनुभयो।
|