china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनले "पैचिङ्ग ओलम्पिक खेलकुद तथा तयारी अवधिमा अरु ठाउँबाट आएका पत्रकारहरुव्दारा समाचार संकलन नियम" ध्यानपूर्वक लागू गर्ने
    (GMT+08:00) 2008-03-13 18:39:58    

              चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङ्गले आज तेह्र तारिखका दिन पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै चीन सरकारले " पैचिङ्ग ओलम्पिक खेलकुद तथा तयारी अवधिमा अरु ठाउँबाट आएका पत्रकारहरुव्दारा समाचार संकलन नियम" ध्यानपूर्वक लागू गर्ने कुरा बताउनुभएको छ।

             उक्त पत्रकार सम्मेलनमा केही पत्रकारहरुले ठोस र व्यावहारिकरुपमा समाचार संकलन गर्ने क्रममा केही बाधाहरु भेटेका थिए भनेर गुनासो गरेका थिए। त्यस सन्दर्भमा बोल्दै श्री छिनले उक्त नियमलाई व्यवहारमा उतार्दा केही समस्याहरु देखापरेको कुरा स्वीकार गर्नुभयो। उहाँको भनाइअनुसार, त्यसको कारण के हो भने चीनको क्षेत्रफल फराकिलो छ र जनसंख्या बढी छ। त्यसै भएकोहुनाले विभिन्न क्षेत्रहरुले अझै ध्यान दिएर उपर्युक्त नियमलाई व्यवहारमा उतार्नलगाउनु पर्छ।

            उहाँले समाचार संकलन गर्ने क्रममा केही पत्रकारहरुले उक्त नियममा तोकिएका सम्बन्धित निर्णय र पत्रकारले वहन गर्नुपर्ने अनुशासनको पालना नगरिएकाले अनेकौं समस्याहरु देखापरेको जानकारी दि‌दै त्यस्ता समस्याहरु देखापर्नबाट जोगाउनका लागि चीन सरकार र विदेशी पत्रकारहरुले सँगसँगै मिलेर सक्दो प्रयास गर्नुपर्छ भन्नुभयो। उहाँको भनाइअनुसार, निष्पक्ष व्यवहार गर्ने सबै पत्रकारले पछिल्ला केही वर्षमा चीनमा समाचार संकलन गर्ने क्रममा झन-झन खुकुलो वातावरणको महसुस गर्दैआउनुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040