गत फेब्रुअरी महिनामा नेपाल घुम्ने चिनियाँ पर्यटकको संख्या दुई हजार सात सय त्रिहत्तर पुगेको छ । गत वर्ष सन् 2007 को फेब्रुअरी महिनामाभन्दा यो वर्ष छ प्रतिशतले चिनियाँ पर्यटकहरु बढेका छन्।
गन वर्ष सन् 2007 मा चिनियाँ पर्यटकहरु उल्लेख्य रुपमा बढेका थिए। विदेशबाट नेपाल घुम्न आउने कूल पर्यटकहरुमध्ये आठ प्रतिशत चिनियाँ पर्यटक थिए। सोही बमोजिम यो वर्ष पनि चिनियाँ पर्यटकहरु बढिरहेका छन्। फेब्रुअरी महिनामा नेपाल भित्रिएका कूल पर्यटकहरुमध्ये चिनियाँ पर्यटकले नौ प्रतिशत स्थान लिएका छन्। यो नेपाली पर्यटन व्यवसायीका लागि अत्यन्त सकारात्मक पक्ष हो । नेपाल पर्यटन बोर्डले सि.आर.आई.लाई जनाए अनुसार अब क्रमश: चिनियाँ पर्यटकहरु बढ्नेछन्। जाडो मौसमको समाप्तिसँगै काठमाडौँ ल्हासा उडान गर्ने चाइना एयरलाइन्सले आफ्नो उडान बढाउने तथा नेपालमा पर्यटकीय वातावरण राम्रो हुने भएकाले चिनियाँ पर्यटक बढ्ने कुरा बोर्डले जनाएको हो।
यो वर्षको सुरुका दुई महिना जनवरी र फेब्रुअरीमा नेपाल आएका चिनियाँ पर्यटकको संख्या चार हजार नौसय आठ छ जुन संख्या गत वर्षको सुरुका दुई महिनामा तीन हजार सातसय दुई मात्र थियो। गतवर्षको सुरुको दुई महिनाभन्दा चालु वर्षको सुरुका दुई महिनामा तेत्तीस प्रतिशतले चिनियाँ पर्यटकहरु बढेका छन्। नेपालमा भइरहेको शान्ति सुव्यवस्था, राजनीतिक स्थिरता तथा चिनियाँ पर्यटकका लागि सरकारले ल्याएका आकर्षक कार्यत्रmमहरुले गर्दा चिनियाँ पर्यटकहरु नेपाल प्रति आकषित भएका हुन् ।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|