china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको धार्मिक क्षेत्रको शान्ति समिति चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको वैदेशिक आदान-प्रदान गर्ने महत्वपूर्ण चौतारो बनिसकेको
    (GMT+08:00) 2008-03-13 20:48:47    
          हाल चिनियाँ राष्ट्रिय जन काँग्रेस र चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनका वार्षिक महाधिवेशन पैचिंगमा चलिरहेका छन। उक्त महाधिवेशनमा सहभागी हजारौं प्रतिनिधिहरु मध्ये एक समूहका प्रतिनिधिहरुप्रति निकै ध्यानाकर्षण भएको छ। उहाँहरु बौद्ध धर्म, ताउ धर्म, इस्लामिक धर्म, क्याथोलिक धर्म र क्रिस्चियन धर्मलगायत ती पाँच वटा धर्मलाई प्रतिनिधित्व गर्ने मानिसहरु हुनुहुन्छ। उहाँहरुद्बारा गठित चीनको धार्मिक क्षेत्रको शान्ति समिति चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको वैदेशिक आदान-प्रदान गर्ने महत्वपूर्ण चौतारो बनिसकेको छ।

          सन् 1994मा चीनको बौद्ध धर्म क्षेत्रका स्वर्गीय नेता चाउ फु छुले चीनको धार्मिक क्षेत्रको शान्ति समितिको स्थापना गर्नुभएको हो। चीनका विभिन्न धर्महरु र त्यसका धर्मावलम्बीहरुले विश्वको शान्ति संरक्षण कार्यमा सहभागितालाई कायम राख्दै सबल पार्नु, विश्वका विभिन्न धार्मिक शान्ति संगठन तथा अन्य सम्बन्धित व्यक्तिहरुसँगको मैत्रिपूर्ण आदान-प्रदानको विकास गर्नु र विश्व शान्तिलाई संयुक्त रुपमा सम्बर्द्धन गर्नु उक्त समितिको उद्देश्य हो। नव्वे वर्ष पुगेका चीनको क्रिस्चियन धर्मका नेता तिंग क्वांग श्येम चीनको धार्मिक क्षेत्रको शान्ति समितिका अध्यक्षको पदमा रहनुभएको छ।

          चीनका विभिन्न धार्मिक समूहले शान्तिसम्बन्धी धारणा जोडतोडसँग प्रचारप्रसार गर्न तथा विश्वको शान्ति संरक्षणसम्बन्धी सम्मेलनमा भाग लिन अघ बढाउन, र चीनको धार्मिक क्षेत्रमा युद्धको विरोध र शान्तिलाई माया गर्ने मन्तव्य अभिव्यक्त गर्नका लागि चीनको धार्मिक क्षेत्रको शान्ति समितिले हरेक वर्ष शान्तिको आराधना कार्यक्रमको आयोजना गर्नेगर्दछ। चीनको धार्मिक क्षेत्रको शान्ति समितिका उपाध्यक्ष एबम् चीनको बौद्ध धर्म समितिका उपप्रमुख शंग व्हैले चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलन राष्ट्रिय समितिको एक जना सदस्यको हैसियतमा रहेर चीनको धार्मिक क्षेत्रको शान्ति समितिको कार्य चाहिं राजनैतिक परामर्शदात्री सम्मेलनले गरेको सिर्जनशील कृयाकलापको एउटा उल्लेखनीय विषय भएको कुरा बताउनुभयोः

          अध्यक्ष तिंग क्वांग श्येम र अध्यक्षको नेतृत्वमा रहेको चीनको धार्मिक क्षेत्रको शान्ति समितिले "मैत्री, शान्ति, विकास र सहयोग"मा आधारित सिद्धान्तको पालना गर्दै नयाँ प्रगति र उपलब्धि हासिल गर्दैआएको छ। हाल उक्त समिति राजनैतिक परामर्शदात्री सम्मेलनको वैदेशिक आदान-प्रदान गर्ने महत्वपूर्ण चौतारो बनिसकेको छ।

          चीनको धार्मिक क्षेत्रको प्रतिनिधित्व गरी विश्वको धार्मिक क्षेत्र एवम् शान्ति कार्यक्रममा आफ्नो सहभागितामार्फत चीनको धार्मिक क्षेत्रको शान्ति समितिले एशिया र विश्वको धार्मिक क्षेत्रमा ‌‌ चीनको धार्मिक क्षेत्रको स्थान स्पष्ट पारेको छ। चीनको धार्मिक क्षेत्रको शान्ति समितिका उपाध्यक्ष एबम् चीनको बौद्ध धर्म समितिका उपप्रमुख शंग व्हैले भन्नुभयोः

          चीनको धार्मिक क्षेत्रको शान्ति समितिले वैदेशिक आदानप्रादन गर्ने, चीनको एकिकरणको संरक्षण गर्ने, समाजको एकता तथा मेलमिलाप सम्बर्द्धन गर्ने र विश्व शान्ति तथा विकासको संरक्षण गर्ने क्षेत्रमा अद्बितीय भूमिका निर्वाह गरेको छ।

          हरेक वर्ष आयोजित राजनैतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिको सम्मेलनमा धार्मिक क्षेत्रका प्रतिनिधिहरुले विश्व शान्तिबारे छलफल गर्दै अन्य मुलुकको धार्मिक क्षेत्रसँग शान्तिपूर्ण रुपमा आवत-जावत गर्ने कार्यक्रमको आदानप्रदान गर्ने गर्नुहुन्छ। राजनैतिक परामर्शदात्री समेमलनको यस पटकको अधिवेशनका महासचिव चंग वान थुंगले यसको उच्च मूल्यांकन गर्नुभएको छः

          धार्मिक क्षेत्र चिनियाँ जन राजनैतिक परामर्शदात्री समेमलनको एउटा महत्वपूर्ण विषय हो। पाँच वटा धर्मका प्रतिनिधिहरुले राजनैतिक परामर्शदात्री समेमलनको अधिवेशनमा एकले अर्कासँग मैत्रिपूर्ण व्यवहार गर्दै आपसी आदानप्रदान गर्नुभएको छ। यसबाट विभिन्न जातिको एकिकरण, अर्थतन्त्रको विकास, समाजको मेलमिलाप र चीनको एकताका लागि विशेष योगदान गरिएको छ। यो राजनैतिक परामर्शदात्री सम्मेलनको एक सर्वश्रेष्ठता र चीनको राजनीतिको सभ्यताको एक विशेषता हो।

          चीनका पाँच वटा धर्मका धर्मावलाम्बीहरुको संख्या दश करोडभन्दा बढी पुगेको छ। ती पाँच वटा धर्मका समान धारणाले शान्तिमा ध्यान दिएको छ। त्यसैले ती पाँच वटा धर्मका धर्मावलम्बीहरुले आफ्नो धर्मको अवधारणालाई उचित रुपमा बुझेकाले उनीहरु बीच शान्तिपूर्ण सह-अस्तित्व हुनुका साथै मुलुक तथा विश्व शान्तिका लागि आफ्नो विशेष योगदान गरिने छ। व्यवहारबाट यी धारणा सही भएको प्रमाणित भइसकेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040