
चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको एघारौं राष्ट्रिय समितिको पहिलो सम्मेलन आज चौध तारिख बिहान पैचिङ्गमा सम्पन्न भयो। त्यस अवसरमा श्री हु चिन थाउ, ऊ पोङ्ग को र वन च्या पो आदि पार्टी र देशका नेतागण उपस्थित हुनुभयो।
जन राजनैतिक परापर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका अध्यक्षको पदमा पुनः निर्वाचित च्या छिङ्ग लिनले त्यस विसर्जन समारोहको अध्यक्षता गर्नुभएको थियो।

थाहा भएअनुसार सोही दिन भएको विसर्जन समारोहले राजनैतिक परापर्शदात्री सम्मेलनको स्थायी समितिको कार्य-प्रतिवेदन, तयारी प्रस्तावको जाँचबुझ अवस्था बारेको प्रतिवेदन र यस पटकको सम्मेलनको राजनैतिक निर्णय-प्रस्ताव मतदानव्दारा पारित गरेको छ।
चिनियाँ राष्ट्रिय जन राजनैतिक परापशर्दात्री सम्मेलन पाँच पाँच वर्षमा बदल्ने व्यवस्था छ। यस राष्ट्रिय जन राजनैतिक परामर्शदात्री सम्मेलन बदलिएपछिको पहिलो नियमित वार्षिक सम्मेलन हो।

|