म र हाम्रा कल्बले हरेक दिन तपाईंको कार्यक्रमहरु सुन्छौं। चीनका प्रधान मन्त्री वन च्या पाउले प्रस्तुत गर्नुभएको कार्यकारी प्रतिवेदन विशेष गरी सफल भएको छ। उक्त प्रतिवेतनमा श्री वन च्या पाउले धेरै महत्वपूर्ण विषयहरु प्रकाश पार्नुभयो। उदाहरणका लागि गत पाँच वर्षदेखी यता चीनको जि.डि.पि. 10.8 प्रतिशतले बढेको छ। यसका साथै चीन सरकारले शहरको निर्माण, मुद्रा आदान-प्रदानको नियन्त्रण, रोजगारी बढाउने आदी धेरै कार्यलाई ठूलो परिमाणमा बढाएको छ।
आफ्नो इ-मेलमा श्री मौहामेदकाले चीनले अन्य मुलुकहरुसँगको सम्बन्धको राम्ररी सामना गर्दै आएको कुरा विश्वमा एउटा नमूना हो भन्दै निकट भविष्यमा हुने अर्थात सन 2008 ओलिम्पिक खेलकूद सम्बन्धी अनेक तयारी कार्य सुचारु रुपमा गरिरहेको सूचनाप्रति खुशी र शुभकामना व्यक्त पनि गर्नुभएको छ।
मौहामेद यासिर इशाफाक कुरशी हासमी (अध्यक्ष)
विश्व डी एक्स कल्ब
मुजफ्फरगर्ह
पाकिस्तान
|